पश्चिमले रुसी तेललाई हतियार बनाउन खोज्यो : भारतीय तेल मन्त्री पुरी – Nepal Press

पश्चिमले रुसी तेललाई हतियार बनाउन खोज्यो : भारतीय तेल मन्त्री पुरी

काठमाडौं । भारतीय तेल मन्त्री हर्दिप सिंह पुरीले पश्चिमा देशहरूले रुसी तेललाई हतियार बनाउन खोजेको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीसँग कुराकानी गर्दै पुरिले त्यसका बाबजुद भारतले रुसी तेल किनिरहेको र मूल्य आकर्षक हुन्जेल किनिरहने पुरिले बताएका छन् ।

भारतमा आयोजना गरिएको इन्डिया इनर्जी हप्तासको अवसरमा आरटीसँग कुराकानी गर्दै पुरिले भनेका छन्, ‘आयतमा कच्चा तेल हाम्रो सबैभन्दा ठूलो आयात हो । निर्यातमा पेट्रोलियम पदार्थ हाम्रो ठूलो पदार्थ हो । हामीले सक्नेजति सबैतिरबाट किन्छौ । बेच्न सक्ने सबै ठाउँमा बेच्छौँ ।’

पुरिले सन २०२२ मा रुसी तेलको आयात मात्रा भारतको ०.२ प्रतिशत मात्रै भएकोमा अहिले त्यो बढेर ३० देखि ३४ प्रतिशत पुगेको बताएका छन् ।

आरटीका अनुसार भारतले रुसी तेल किन्न मात्रै होइन तेल क्षेत्रमा लगानी पनि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर