नेपाललाई क्यानडाले दियो २८६ रनको लक्ष्य – Nepal Press

नेपाललाई क्यानडाले दियो २८६ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानढाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भए ।

श्रेयस मोभा ४० रन बनाएर आउट हु्ँदा उदय भगवान २० रनमा अविजित रहे । बलिङमा नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले समान २–२ विकेट लिए ।

आकाश चन्द, सूर्य तामाङ, सोमपाल कामीले र पवन सर्राफले १–१ विकेट लिन सफल भए । नेपालविरुद्ध क्यानडाले उत्कृष्ट सूरुवात गरेको थियो । क्यानडाका ओपनर आरोन जोनसन र नभनीत धलिवालले उत्कृष्ट सुरुवात दिलाएका थिए ।

९४ रनमा पहिलो विकेट गुमाएको क्यानडाका ब्याटरले दोस्रो विकेटका लागि ३२ र तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । क्यानडाले ३१ ओभर २ बलमा ३ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । त्यसपछि भने क्यानडाले लगातार विकेट गुमाएको थियो । नवौं विकेटका लागि भने क्यानडाका भगवान र मोभाले रनको ४६ रनको साझेदारी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर