जयशंकरको नजरमा इण्डियाको ‘भारत भाष्य’ र नेहरुको वामपन्थी रुझान – Nepal Press
पुस्तक चर्चा

जयशंकरको नजरमा इण्डियाको ‘भारत भाष्य’ र नेहरुको वामपन्थी रुझान

भारतीय विदेश मन्त्री एस जयशंकरको नयाँ पुस्तक ‘व्हाई भारत म्याटर्स’ अर्थात् भारत किन महत्त्वपूर्ण छ भन्ने पुस्तकले आउने दिनमा भारत वैश्विकस्तरमा आफूलाई कुन स्तरमा राख्न गइरहेको छ भन्ने तथ्यहरूलाई विश्लेषणात्मक ढंगले प्रस्तुत गरेको छ । गत वर्ष सम्पन्न जी–२० को मञ्चमा इण्डियालाई ‘भारत’ले प्रतिस्थापन गरिएको बेला यसले अन्तराष्ट्रियस्तरमा बहस सिर्जना गरेको थियो । जी–२० समाप्तिको केही हप्तामै यस पुस्तकको लोकार्पणले भावी “भारतको भाष्य” बुझ्न मलाई पनि यो पुस्तक पढ्न उद्वेलित गर्‍यो ।

हुन त कुनै पनि पुस्तक एक विशेष उद्देश्यलाई आत्मसात् गरी लेखिन्छ । लेखकले आफ्नो नियतलाई शब्दको संरचनामा ढालेको हुन्छ । भारतको दशा र दिशा प्रकट गरेको यो पुस्तकमा पछिल्लो समय भारतीय नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्सा किन राखियो ? भन्ने विषयको विवेचनाको कमी महसुस हुन्छ । भारतको रुपा पब्लिकेशनले प्रकाशन गरेको यो पुस्तक अंग्रेजी भाषामा लेखिएको छ र विषयवस्तुलाई २२६ पृष्ठमा समेटिएको छ ।

अहिलेको युग भूराजनीतिक दृष्टिकोणले रूपान्तरणको युग हो भन्ने अवस्थाबाट हामी अवगत रहेका छौ । लेखक जयशंकरको नजरमा यो संसार कठिन दौरबाट गुज्रिरहेको छ जो अशान्त छ र अप्रत्याशित पनि छ । जसका प्रमुख कारक तत्त्वहरू मध्ये, कोभिडको प्रभाव, युक्रेन र पश्चिम एसियामा देखिएको द्वन्द्व, जलवायुका घटनाहरू, कट्टरपन्थी र आतंकवादीद्वारा चिन्हित छ ।

चीनको उदय, संयुक्त राज्य अमेरिकाको बदलिएको मुद्रा प्रभाव, रुसको बदलिँदो रणनीति, भूमण्डलीकरणको प्रभावका साथै नयाँ प्रविधिको शक्तिले भूराजनीतिलाई जटिल मोडमा ल्याएको छ । बदलिँदो यी परिस्थितिमाझ जयशंकरको तर्क छ कि, बढ्दो शक्तिहरूले सबैभन्दा बढी स्थिरता खोज्दा भारतले गम्भीर अप्रत्याशितताको बीचमा उठ्ने योजना बनाउनुपर्छ । र यो प्रक्रिया पनि असाधारण छ।

किनकि यसले सभ्यताको राज्यको पुनरुत्थानलाई प्रतिनिधित्व गर्दछ । हो, यही सभ्यताको सारको भार ‘भारत’ले बोक्नेमा उनको विश्वास छ । पुस्तकको एघार वटै अध्यायमा प्रस्तुत विश्लेषणलाई रामायण र महाभारतको पात्र र कालखण्डलाई प्रस्तुत गरी इण्डियाको ‘भारतीयता’लाई सभ्यतासँग दाँजिएको छ । भारतीय कूटनीतिको ऐतिहासिक श्रोत रामायण र महाभारत जस्ता महाकाव्यमा जोडिएको छ र जुन एउटा सभ्यता हो र त्यसबाट भारतले प्रेरणा लिइरहनुपर्छ भनी प्रस्ट्याइ छताछुल्ल छ यो पुस्तकमा ।

सन् २०२३ मा गरिएको चन्द्रयान–३ को सफल प्रक्षेपणबाट उत्साहित भारत बदलिँदो रणनीति र बढ्दो भूमण्डलीकरणको प्रभावकाबीच भारतमा सम्पन्न जी–२० शिखर सम्मेलनले सर्वसम्मतिबाट ठोस नतिजा निकाल्यो भन्ने ढाडस प्रस्तुत गर्दै त्यसलाई भारतीय कूटनीतिक उपलब्धिको रूपमा लिइएको छ ।

भारतको दशा र दिशा प्रकट गरेको यो पुस्तकमा पछिल्लो समय भारतीय नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्सा किन राखियो ? भन्ने विषयको विवेचनाको कमी महसुस हुन्छ । भारतको रुपा पब्लिकेशनले प्रकाशन गरेको यो पुस्तक अंग्रेजी भाषामा लेखिएको छ र विषयवस्तुलाई २२६ पृष्ठमा समेटिएको छ ।

खासगर अफ्रिकन यूनियन (एयू) ले सदस्यको रूपमा पाएको प्रवेशले भारत उत्साहित छ । हालसम्म भारतले अफ्रिकामा लगभग २०० परियोजनाहरू सञ्चालन गरिरहेको छ । जस्तै घानामा टेमा मपाकादन रेलवे र राष्ट्रपतिको दरबार, गाम्बियाको राष्ट्रिय सभा भवन, केन्यामा टेक्सटाइल कारखाना, मरिससमा मेट्रो एक्सप्रेस परियोजना, नाइजरमा महात्मा गान्धी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र देखि ४० हजार भन्दाबढ छात्र वृत्तिहरू प्रदान गर्नुलाई जय शंकरले भारतीय कूटनीतिको तीव्र फैलावटको रूपमा लिएको देखिन्छ ।

त्यस्तै, कोभिड र युक्रेन द्वन्द्वको प्रभाव, आतंकवाद र चरम जलवायुका घटनाहरूबाट बढी प्रभावित रहेको विकासोन्मुख ग्लोबल साउथ (जसमा ७८ वटा देशहरू छन्) लाई भारतले खास महत्त्व दिएको छ ग्लोबल साउथका देशहरूले उनीहरू उपस्थित हुन असमर्थ फोरमहरूमा आफ्ना चिन्ताहरू व्यक्त गरिदिने अपेक्षा गर्छ र यस अर्थमा ग्लोबल साउथ भारतको लागि नैतिक जिम्मेवारी र विश्वव्यापी रणनीतिक अभिव्यक्ति दुवैको प्रतीक हो । अनि भारत महत्त्वपूर्ण किन छ भन्ने भाष्य पनि दिन्छ यसले ।

 पुस्तकको एघार वटै अध्यायमा प्रस्तुत विश्लेषणलाई रामायण र महाभारतको पात्र र कालखण्डलाई प्रस्तुत गरी इन्डियाको ‘भारतीयता’लाई सभ्यतासँग दाँजिएको छ । भारतीय कूटनीतिको ऐतिहासिक श्रोत रामायण र महाभारत जस्ता महाकाव्यमा जोडिएको छ र जुन एउटा सभ्यता हो र त्यसबाट भारतले प्रेरणा लिइरहनुपर्छ भनी प्रस्ट्याँइ छताछुल्ल छ यो पुस्तकमा ।

अमेरिका र चीन दुवै देशमा भारतको लागि राजदूत भई काम गरेको अनुभव बोकेका जय शंकरले भारतीय कूटनीतिका ऐतिहासिकता सम्बन्धी केही रोचक प्रसङ्गहरू पनि समावेश गर्दै भन्छन्– भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सीटका लागि भारतभन्दा चीनलाई प्राथमिकता दिएका थिए । नेहरुको दृष्टिकोण चीनप्रति बढी अनुकूल थियो र उनले यसलाई संयुक्त राज्य अमेरिकासँगको राम्रो सम्बन्धसँग सन्तुलनमा राखेनन् ।

जयशंकरका अनुसार नेहरुका निर्णयहरू वामपन्थी विचारधाराबाट प्रभावित थिए, जसले भारतलाई अमेरिकाप्रति कम मित्रवत् बनायो । भारत–चीन सम्बन्ध अहिले साँच्चिकै चौराहामा (क्रसरोड) रहेको स्वीकारोक्तिसहित जय शंकर भन्छन्,– राष्ट्रिय इच्छाशक्ति, नीतिगत कन्फिडेन्स, विश्वव्यापी सम्बन्ध र भारतको बढ्दो क्षमताहरू प्रदर्शनमा छ । र भारतले अख्तियार गरेको नीतिगत छनौटहरू यस्ता छन् जसले केवल भारत–चीन मात्र नभई सम्पूर्ण विश्वमा नै गहिरो प्रभाव पार्नेछ । नेहरु सरकारमा उपप्रधान तथा गृहमन्त्री रहेका सरदार बल्लभ भाइ पटेलले चीनप्रति लिने गरेको यथार्थवादमा आधारित दृष्टिकोणलाई पछिल्लो दशकमा उदाएका नरेन्द्र मोदी सरकारले पन्छ्याउँदै आएको तथ्यलाई निरन्तरता दिँदै भारतले आत्मसात् गरेको छ ।

तर नेपाली पाठकको नजरियाबाट हेर्दा भारतले अख्तियार गरेको नीतिगत छनौटहरू नेपालको सन्दर्भमा कस्ता हुनेछन् भन्ने खास व्याख्या छैन यो पुस्तकमा । जयशंकरले भारतीय सभ्यतालाई आफ्नो कूटनीतिक अंगको रूपमा प्रस्तुत गर्न गइरहेको छ भनेका चाहिँ छन् । भारतीय सभ्यतासँगको नेपालको साइने अधिक छ । पुस्तकमा चर्चा गरिएको रामायण होस या महाभारत, नेपालको विशेष सम्बन्ध रहेको छ । तर पुस्तकमा यसबारे चर्चाको कमी महसुस हुन्छ ।

भारतले अफ्रिकामा लगभग २०० परियोजनाहरू सञ्चालन गरिरहेको छ । जस्तै घानामा टेमा मपाकादन रेलवे र राष्ट्रपतिको दरबार, गाम्बियाको राष्ट्रिय सभा भवन, केन्यामा टेक्सटाइल कारखाना, मरिससमा मेट्रो एक्सप्रेस परियोजना, नाइजरमा महात्मा गान्धी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र देखि ४० हजार भन्दाबढ छात्र वृत्तिहरू प्रदान गर्नुलाई जय शंकरले भारतीय कूटनीतिको तीव्र फैलावटको रूपमा लिएको देखिन्छ ।

भारत शब्द अब ‘इन्डियन फरेन पोलिसि’को एउटा आधारभूत तत्त्वको रूपमा स्थापित भएको छ । विदेशमन्त्री जय शंकर भन्छन्,- राम्रो विदेश नीति त्यस्तो हुनुपर्छ जसले तपाईँको लागि काम गर्न सकोस् । संसारबाट तपाईँको दैनिक आवश्यकताहरू अझ राम्रोसँग पूरा गर्ने खालको होस् ।

देशभरि डिजिटल मेरुदण्ड स्थापना गरी ५०० मिलियन भन्दा बढी भारतीयहरूले खाद्य सहायता प्राप्त गर्नु, तिनीहरूमध्ये आधाले कोभिड महामारीको समयमा उनीहरूको बैंक खातामा पैसा उपलब्ध गराइएको प्रयासको आयतनलाई विश्वसँग तुलनात्मक तवरमा प्रस्तुत गर्दै उनले पुस्तकमा यो एकै समयमा सम्पूर्ण युरोपेली र अमेरिकी जनसंख्यालाई समर्थन/सहयोग गर्नु सरह भएको व्याख्या गरेका छन् ।

जयशंकर भन्न चाहन्छन् कि, विकसित देशहरूको जनसंख्या र भारतको जनसंख्यामा आकाश पातालको फरक छ । र, ७५ वर्षको गणतान्त्रिक भारतले गरेको प्रगतिले पछिल्ला दशकमा रफ्तार समातेको छ । यस्ता धेरै ‘रेटोरिक’हरू समावेश छन् यो पुस्तकमा ।

नेपाली पाठकको नजरियाबाट हेर्दा भारतले अख्तियार गरेको नीतिगत छनौटहरू नेपालको सन्दर्भमा कस्ता हुनेछन् भन्ने खास व्याख्या छैन यो पुस्तकमा । जयशंकरले भारतीय सभ्यतालाई आफ्नो कूटनीतिक अंगको रूपमा प्रस्तुत गर्न गइरहेको छ भनेका चाहिँ छन् ।  भारतीय सभ्यतासँगको नेपालको साइने अधिक छ । पुस्तकमा चर्चा गरिएको रामायण होस या महाभारत, नेपालको विशेष सम्बन्ध रहेको छ । तर पुस्तकमा यसबारे चर्चाको कमी महसुस हुन्छ ।

सुरक्षाको दृष्टिकोणले आतंकवादको सामना गर्दै आएको भारत यसविरुद्ध देखाउँदै आएको जोडदार प्रतिवाद अझ बलियो हुँदै गएकोमा ढुक्क हुँदै अब अन्तर्राष्ट्रिय समुदाय पनि यसले निम्त्याउने खतराहरू महसुस गर्दै गएकोमा असन्तुष्टि पोखेका छन् । अहिले वैश्विक स्तरमा भारतको प्रासंगिकता बढेको छ । भारतीय स्वतन्त्रताको शताब्दीलाई भारतले अमृतकालको रूपमा चरितार्थ गरेको छ जुन सन् २०४७ मा पुरा हुनेछ । भारत २०४७ सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्य बोकेको छ जसको लागि ऊ अझ बढी भारत भएर प्रस्तुत हुनेछ । अझ बढी भारत भनेको विकाससँगै आफ्नो सभ्यताको वैश्विककरण हो ।

(चौधरी पिस डेभलप्मेन्ट रिसर्च सेन्टरमा आवद्ध छन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *