स्काउटको राष्ट्रिय र प्रदेश परिषद् निर्वाचनः कोशी र वागमतीमा मतदान, बाँकी प्रदेशमा सर्वसम्मत – Nepal Press

स्काउटको राष्ट्रिय र प्रदेश परिषद् निर्वाचनः कोशी र वागमतीमा मतदान, बाँकी प्रदेशमा सर्वसम्मत

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको छ ।

शनिवार काठमाडौंमा कोशी र वागमती प्रदेशको लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको हो । अन्य प्रदेशमा भने सर्वसम्मत रुपमा चयन भएको छ ।

निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताए ।

उनले ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन भएपनि विविध कारणले लामो समयसम्म हुन नसकेको बताए । वागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको निर्वाचित भएको छ । वागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको छ ।

९ वटा पदको निर्वाचनका लागि वागमती प्रदेशमा १५ सय बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेका छन् । निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना वागमती र कोशी प्रदेशबाट निर्वाचित हुनेछ । प्रदेश परिषद्हरुमा वागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुपर्ने छ । निर्वाचन समितिका सदस्यसचिव समेत रहेका उनले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताए ।

उनले निर्वाचन निर्वाध रुपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *