क्यानडाविरुद्ध आउट भए देव खनाल
नेपाल प्रेस
२०८० माघ २७ गते १५:४९
काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालका देव खनाल आउट भएका छन् । उनी ८१ बलमा ७६ रन बनाउँदै आउट भएका हुन् । ३४औं ओभरको पाचौं बलमा हर्ष थक्करको हातबाट आउट हुन पुगे ।
देवले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका छन् । ६४ रनमा २ विकेट गुमाएको नेपालको इनिङ कप्तान रोहित पौडेल र देव खनालले सम्हालेका थिए । रोहित ७३ रन बनाएर क्रिजमा छन् । अब नेपाललाई जितको लागि ८९ बलमा ६५ रन आवश्यक छन् । क्रिममा कप्तान रोहित र भिम सार्की छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर