कञ्चनपुरमा दुई पत्रकार पक्राउ – Nepal Press

कञ्चनपुरमा दुई पत्रकार पक्राउ

कैलाली । कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो ।
विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

व्यक्तिगत फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने समेतको विषयमा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर