कांग्रेस महासमिति सदस्यको लेबी ३ हजार तोकियो– बैठकका सहभागीलाई गाँस दिने बास नदिने – Nepal Press

कांग्रेस महासमिति सदस्यको लेबी ३ हजार तोकियो– बैठकका सहभागीलाई गाँस दिने बास नदिने

महासमिति सदस्य चयनमा देखिएको विवाद समाधान गर्ने जिम्मा आयोगलाई

काठमाडौं । नेपाली कांग्रेसको महासमिति महासमितिको बैठकको तयारीलाई तिव्रता दिएको छ। फागुन ७ देखि १० फागुनसम्म चल्ने बैठकको तयारी ८० प्रतिशत पूरा भइसकेको प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दाबी गरे।

उनले भने, ‘प्रतिवेदन लेखनको काम हामीले हिजो टुंगाइसकेका छौं। हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको छ। प्रचार प्रचारको काम मेरै जिम्मेवारीमा छ गर्दैछु। त्यसका लागि काम भइरहेको छ।’

उनले महासमिति बैठकले अहिलेसम्म पार्टीले अबलम्बन गर्दै आइरहेको सैद्धान्तिक पक्षलाई निरन्तरता दिने बताए। उनले थपे, ‘राजनीतिक स्थायित्व निरन्तरता र नविनता स्वतन्त्रता न्याय र समानता भन्ने तीन कुरालाई समेटेका छौं। त्यही नारा अघि सारेका छौं।’

उनले महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोग लिएको बताए।
विश्वकर्माले भने, ‘आयोगले सबै कुराको अध्ययन गरेर प्रक्रियात ढंगबाट टुंग्याउने र प्रक्रिया नपुगेकोलाई प्रक्रिया पुर्याउन बदर गर्ने भन्ने निर्देशन भएको छ। अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको आइसकेको छ, त्यसमा ५ देखि ७ वटासम्ममा केही विवाद आइरहेको छ। अरु कुरा टुंगिन्छ।’

उनले बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी हुने आलकन गरेको बताए। कांग्रेसको विधानका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य चयन भएर आउँछन्। त्यसमा केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, भ्रातृलगायतबाट पनि प्रतिनिधि हुन्छन्।

उनले थपे, ‘प्रतिनिधिबाट रजिष्ट्रेशन शुल्क भनेर तीन हजार लिएका छौं। त्यसैभित्रबाट खाना खाजा खुवाउछौं। बस्ने ठाउँको चाहिँ समन्वय हुन्छ। हामीले होटेल बुक गरेर एकरुपता ल्याइदिन्छौं। तर, उहाँहरु आफ्नै अनुकुलतमा आएर बस्नुहुन्छ।’

मुल आयोजक समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठकलाई प्रभावकारी बनाउन आठ उपसमिति समेत गठन गरेको छ। प्रचार–प्रसार उपसमितिको नेतृत्व मीनबहादुर विश्वकर्मा, आवासको मदनबहादुर अमात्य, भोजनको उदयशमशेर राणा, यातायातको धना खतिवडा, स्वयंसेवक परिचालनको जितजंग बस्नेत, स्वास्थ्य समन्वयको उर्मिला नेपाल केसी, प्रदेश समन्वयको इन्द्र बानियाँ र स्थानीय व्यवस्थापनको जितेन्द्र श्रेष्ठले नेतृत्व गरेका छन्।

बैठकले उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रस्ताव, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन संयुक्त रुपमा पेश गर्दैछन्। महामन्त्री थापाले पछिल्ला समसामयिक बिषयलाई जोडेर महामन्त्री थापाले आगामी निर्वाचनबाट गठबन्धन नगर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर