नेपाल-चीन सम्बन्ध इतिहासदेखि नै गहिरो छ: अध्यक्ष तिमल्सिना – Nepal Press

नेपाल-चीन सम्बन्ध इतिहासदेखि नै गहिरो छ: अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले नेपाल–चीन सम्बन्ध इतिहासदेखि हालसम्म आइपुग्दा समृद्ध र गहिरो हुँदै आएको भएको बताएका छन्। चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित नेपाल–चीन मैत्री फूटबल प्रतियोगितापछि बोल्दै सरकार–सरकार तहबाट फैलिदैसम्बन्ध जनस्तर सम्मै स्थापित हुँदै गएको उल्लेख गरे।

उनले भने, ‘फुटबललाई विश्वमा सबैभन्दा लोकप्रिय खेलको रुपमा मानिन्छ । यस खेलले विश्वभरमा भाइचारा र आपसी सद्भाव संचार गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको छ । नेपाल–चीनबीच यस महत्वपूर्ण अवसरमा आयोजित यस खेलले नेपाली र चिनियाँ पक्षहरुलाई खेलकुदमार्फत अझ नजिकिन महत्वपूर्ण मौका दिएको छ । आजको यस खेलमा जसको हारजीत भए पनि नेपाल–चीन सम्बन्धले विजय हासिल गर्नेछ ।’

चीनले खेलकुदको क्षेत्रमा विश्वमै अग्रणी स्थान हासिल गर्दै आएको उल्लेख गर्दैै नेपालले पनि आफ्नो खेलकुद क्षेत्रलाई महत्व दिँदै आएको बताए।

उनले थपे, ‘मलाई आशा छ कि आगामी दिनहरुमा नेपाली खेलाडीहरुले चीनियाँ खेलाडीहरुसँग अनुभव आदान–प्रदान गर्ने यथेष्ट अवसर पाउनेछन् र नेपाली खेलकुदको स्तर अझ बढ्दै जानेछ । खेलकुदले युवाहरुको शारिरिक तथा मानसिक विकासमा महत्वपुर्ण योगदान पुर्याउँदछ । समान नियमको परीधीभित्र बाँधिएर, आपसी सम्मान कायम गर्दै प्रतियोगितामा सामेल हुन सिकाउनु खेलकुदको अर्को महत्वपुर्ण योगदान हो । विश्वमा अस्वस्थ होडबाजी बढ्दै गएको छ र आपसी सम्मान र विश्वासमा समेत ह्रास आएको छ । यस परिप्रेक्ष्यमा खेलकुदमार्फत भविष्यका कर्णधारका रुपमा रहेका युवाहरुलाई वैश्विक भाइचारा, आपसी सहयोग र नियमको परिधिहरुबारे महत्वपूर्ण शिक्षा प्रदान गर्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर