आदिवासी जनजाति पत्रकार संघको विरोधबीच महासंघको पुस्तक लोकार्पण (भिडिओ) – Nepal Press

आदिवासी जनजाति पत्रकार संघको विरोधबीच महासंघको पुस्तक लोकार्पण (भिडिओ)

काठमाडौं । दिवासी जनजाति पत्रकार संघ (फोनिज)को विरोधबीच नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार- कथा अग्रजको : गाथा महासंघको’ सार्वजनिक भएको छ ।

महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराई बनाइएको भन्दै आदिवासी पत्रकार संघले विरोध गरेको थियो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा फोनिजको विरोध र नाराबाजीबीच पुस्तक लोकार्पण गरिएको छ । फोनिज उपाध्यक्ष मिलन लिम्बूले इतिहास नसच्चिए देशभर आन्दोलन हुने चेतावनी दिए ।

फोनिजको विरोधको सूचना पाएर प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कार्यक्रममा उपस्थितसमेत भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *