बाघको आक्रमणबाट एउटै गाउँमा १९ वटा बाख्रा मरे – Nepal Press

बाघको आक्रमणबाट एउटै गाउँमा १९ वटा बाख्रा मरे

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा बाख्रा र खसी मरेका छ्न् ।

बकैया गाउँपालिका-६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय कृषकका १९ वटा बाख्रा र खसी मरेको वडाध्यक्ष फूलमान भोम्जनले बताए । जसबाट लाखौं रूपैयाँ बराबरको नोक्सान क्षति भएको छ ।

बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको भोम्जनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *