माओवादी नेता गगन पुरी गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर
नेपाल प्रेस
२०८० माघ २९ गते ७:४२
काठमाडौं। माओवादी नेता गगन पुरी गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्।
सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
देवकुमारी पुरी र मनमाया पुरीले सफाइ पाएका छन् भने कृष्णकुमार पुरी र संगिता पुरीको हकमा सम्पत्ति जफतको फैसला भएको छ।
गगन भन्ने रेवतराज पुरी र सीमा भन्ने केशावती पुरीको हकमा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको छ।
दुवैका हकमा सजाय निर्धारण हुन बाँकी छ। फागुन ६ गते सजाय निर्धारण हुने छ।
प्रतिक्रिया
सम्बन्धित खवर