नवलपरासीका तीन स्थानमा विद्युत् ट्रान्सफर्मर चोरी – Nepal Press

नवलपरासीका तीन स्थानमा विद्युत् ट्रान्सफर्मर चोरी

रुपन्देही । पश्चिम नवलपरासीका तीनवटा स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी भएका छन् । गए राती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ । पछिल्लो समय नवलपरासीमा विद्युत् ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन् ।

झन्डै दुई महिनाअघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

गहुँ र मकैका लागि सिँचाइ गर्ने बेलामा ट्रान्सफर्मर चोरी हुँदा किसानलाई समस्या भएको वडाध्यक्ष सापकोटाले बताए ।

उक्त क्षेत्रको सिँचाइका लागि भूमिगत सिँचाइ आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भूमिगत सिँचाइका लागि बोरिङ निर्माण गरिएको थियो ।

यसैगरी सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्मको ट्रान्सफर्मरसमेत १५ दिनअघि चोरी भएको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रले जनाएको छ ।

ट्रान्सफर्मरभित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्री हुने हुँदा ट्रान्सफर्मर चोरी हुने गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *