फागुन १ गते सार्वजनिक बिदा नदिएको सरकारको प्रष्टीकरण – Nepal Press

फागुन १ गते सार्वजनिक बिदा नदिएको सरकारको प्रष्टीकरण

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो ।

गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो । यद्यपि केही स्थानीय तहले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएकोमा सर्वसाधारणमा अन्योल बढिरहँदा उक्त दिन सार्वजनिक बिदा नभएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *