मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकले बोलायो बोर्ड बैठक – Nepal Press

मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ सञ्चालक समिति बैठक बोलाएको छ ।

‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ ५ बजेपछि (कार्यालय समयपछि) सञ्चलक समिति बैठक बोलाइएको राष्ट्र बैंक स्रोतले बताएको छ । बैठकपछि आजै समीक्षा सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ ।

बोर्ड बैठकले समीक्षा स्वीकृत गरेमा आजै सार्वजनिक गर्ने तयारी रहेको ती अधिकारीले बताए । स्रोतका अनुसार सञ्चालन समितिबाट पारित भयो भने आज बेलुकासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुनेछ ।

अहिले बैकहरुमा अधिक तरलता रहेकाले राष्ट्र बैकले दिनहुँजसो तरलता खिच्नु परेको छ । यसकारण पनि कर्जा विस्तारको नीति केन्द्रिय बैंकले लिन सक्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *