नेपालले इनिङ सुरु नहुँदै कसरी पायो ५ रन ? – Nepal Press

नेपालले इनिङ सुरु नहुँदै कसरी पायो ५ रन ?

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालले पेनाल्टीमार्फत ५ रन पाएको छ ।

खेलको पहिलो इनिङको अन्तिमतिर क्यानडाका कप्तान साद विन जफर पीचमा हिँडेको भन्दै अम्पायरले नेपाललाई इनिङ सुरु नहुँदै नेपालले पेनाल्टीमार्फत ५ रन पाएका हुन् ।

जफरले पहिलो इनिङको ४९औं ओभरको अन्तिम बलमा पीचको मध्य भागबाट कुदेर रन जोडेका थिए ।

फिल्ड पेनाल्टीमार्फत नेपाललाई ५ रन दिइएको हो । क्यानडाका कप्तान जफरले बारम्बारको चेतावनी नमानेपछि अम्पायरले विपक्षी टोली नेपाललाई पेनाल्टी रन दिएका हुन् । क्रिकेटमा पीचको मध्य भागमा दौडन पाइँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर