जनयुद्ध दिवसमा बाबुरामको आह्वान- सत्ताको चास्नीमा झिँगा डुबे झैँ नडुब्ने प्रण गरौँ – Nepal Press

जनयुद्ध दिवसमा बाबुरामको आह्वान- सत्ताको चास्नीमा झिँगा डुबे झैँ नडुब्ने प्रण गरौँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले जनयुद्ध दिनको अवसरमा नयाँ प्रण गर्न आह्वान गरेका छन्।

जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति भएको उल्लेख गरेका छन्।

दशवर्षे युद्धमा होमिएको भट्टराई अहिले माओवादीमा छैनन्। जनयुद्धको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड अहिले तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन्।

त्यसतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुँदैन ! त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ। कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिँगा डुबे झैँ डुब्छन् ! तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानव जातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्।’

उनले चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौँ भन्ने प्रण गरे मात्रै सुशासित, समुन्नत, समाजवादी नयाँ नेपाल निर्माण गर्ने अभियानले सार्थकता पाउने उल्लेख गरेका छन्।


प्रतिक्रिया

One thought on “जनयुद्ध दिवसमा बाबुरामको आह्वान- सत्ताको चास्नीमा झिँगा डुबे झैँ नडुब्ने प्रण गरौँ

  1. आज फागुन १ गते । विना स्वार्थ, सच्चा हृदयले त्यो अभियानमा शुरुदेखि अन्त्यसम्म जोडिएको एक अभियुक्तको नाताले म सम्पूर्ण देशवासी तथा नेपाल आमा समक्ष क्षमायाचना गर्दछु र बाँचुञ्जेल मेरो कारणबाट आम समुदाय र राष्ट्रलाई पुगेको नोक्सानीको परिपूरणमा आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिज्ञा गरेको छु ।
    गोरखा च्याङ्गलीको साना किसान बैंक हानेर शुरु भएको अभियान, मारिएका करिव १७ हजार युवा, वेपत्ता करिव ५ हजार, अङ्गभङ्ग/अपाङ्ग करिव ३५ हजार, राष्ट्रिय सम्पत्तिको नोक्सानी करिव ६४ अर्व हुँदै देश हान्ने (राष्ट्रलाई जुवाको खालमा राख्ने) मिशनसम्म पुग्न सफल भएको छ । फेरि पनि कथित् शान्ति प्रक्रियालाई टुङ्ग्याउने नाउँमा भित्रभित्रै राष्ट्र लुट्ने भागवण्डा र बाहिर देखाउन टिआरसी नाउँको नौटङ्की मञ्चन भइरहेको छ । त्यो नौटङ्कीको भर्त्सना गर्दै द्वन्दकालका सम्पूर्ण पीडितहरु र तिनका परिवारले नेपाल राष्ट्रले हस्ताक्षर गरेका र अन्तर्राष्ट्रियरुपमा प्रचलनमा रहेका न्यायविधान बमोजिम विना मोलाहिजा राहत र न्याय पाउनु पर्ने विषय स्पष्ट गर्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर