झडपपछि रोकिएको एमाले धादिङ अधिवेशन सर्तसहित पुनः सञ्चालन, यस्तो छ संगठन विभागको निर्देशन
काठमाडौं । झडपपछि रोकिएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन सर्तसहित पुनः सञ्चालनमा आएको छ । नयाँ कमिटीमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षका नेताहरुबीच कुटाकुटको स्थिति बनेको थियो ।
अधिवेशनमा दुई पक्षीय नेताहरुबीच कुटाकुट भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई बोलाएर छलफल गरेका थिए । त्यही अनुसार संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले अधिवेशन गर्नको लागि सर्तसहितको परिपत्र गरेका छन् । उनले विधिसम्मत, व्यवस्थित, समझदारीपूर्ण र एकताको अधिवेशन बनाउने निर्देशन दिएका छन् ।
जिल्ला अधिवेशनका प्रतिनिधिको आधिकारिक जाँच गरी आवश्यक छलफल पश्चात् ५७८ जना प्रमाणीकरण गरेको पनि उल्लेख गरेका छन् ।