उच्च ब्याज र स्वास्थ्य बीमासहित कुमारी बैंकले ल्यायो ‘कुमारी गजब बचत’ खाता – Nepal Press

उच्च ब्याज र स्वास्थ्य बीमासहित कुमारी बैंकले ल्यायो ‘कुमारी गजब बचत’ खाता

काठमाडौं । कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा रहेको परिमार्जित सुविधासहित ‘कुमारी गजब बचत खाता’ योजना सार्वजनिक गरेको हो ।

न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको ‘कुमारी गजब बचत खाता’ खातामा बैंकले वार्षिक ६.०१ प्रतिशत उच्च ब्याजदर प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा प्रदान गरेको छ । निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावाललाई २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्नेछ । जसमा बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै जाने जनाएको छ ।

न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्डसहितको ‘कुमारी गजब बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर