टेरामक्समा अर्बौं भ्रष्टाचारको आशंका, चोर बाटोबाट यसरी लगाइयो ठेक्का (भिडिओ) – Nepal Press

टेरामक्समा अर्बौं भ्रष्टाचारको आशंका, चोर बाटोबाट यसरी लगाइयो ठेक्का (भिडिओ)

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७९ माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभागलगायतका निकायलाई पत्र लेख्छ । पत्रमा नेपाल दूरसञ्चार प्राधिकरणले झिकाएका वस्तुहरुको मूल्य अस्वाभाविक लागेकाले छानबिन आवश्यक देखिएको उल्लेख गरिन्छ ।

भन्सार विभागले नाम नै नसुनेको र मूल्य अस्वाभाविक भएको जनाउँछ । ती वस्तुहरु Telecommunication Traffic Monitoring and Fraud Control System अर्थात बुझ्ने भाषामा टेरामक्स प्रणालीका उपकरण थिए ।

प्राधिकरणले ८८ लाख डलर तिरेर नेपाल भित्र्याएको यो प्रणालीको काम के हो ? यो प्रणाली खरिद गर्दा कसरी अर्बौं रुपैयाँ भ्रष्टाचारको आशंका गरियो ? यो प्रणाली जडान भएको खण्डमा कसरी दूरसञ्चार प्राधिकरण खुफिया एजेन्सी बन्छ र आमनेपालीको संविधानप्रदत्त मौलिक अधिकारको रुपमा रहेको गोपनीयताको हकमाथि धावा बोलिन्छ ?

यी सबै प्रश्नहरुको उत्तरको खोजीसहित तयार गरिएको नेपाल प्रेस ब्रिफिङको भिडिओ सामग्री यहाँ प्रस्तुत छः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर