मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता : सेमीफाइनललमा तीन विभागीयसहित गण्डकी भिड्ने
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टीमहरु बीच नै उपाधिको रोचक भिडन्त हुने भएको छ ।
विभागीय टीम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमीफाइनल पुगेपछि फाइनल खेल थप रोचक हुने भएको हो । मंगलबार नेपाल पुलिस क्लब र कोशी प्रदेशबीच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ ।
प्रहरीले २५–१७,२५–१३,२५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराज खेलको म्यान अफ द म्याच भएका छन् ।
आजको विजयसँगै नेपाल पुलिस क्लब उपाधिको दाबेदारमा बलियो भएको । त्यसैगरी बाग्मती प्रदेश एपिएफबीच भएको खेलमा एपिएफ क्लब विजयी भएको हो । एपिएफले पहिलो सेट २५–१८ बनाएर हात पारेको थियो तर दोस्रो सेट भने बाग्मतीले एपिएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनाएको थियो ।
एक एक सेट बाँडेको प्रतियोगितामा २ सेट भने एपिएफले आफ्नो पक्षमा पार्न सफल भएको छ । एपिएफले २५–१९, २५–१९ मा रोक्दै सेमीफाइनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफ क्लबका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच भए ।
मंगलबारको तेस्रो सेट त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले २५–१५,२५–१९,२५–१९, बनाएर जित हात पारेको हो । खेलमा उत्कृष्ट खेद प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मीका खेलाडी हरि अधिकारीलाई प्रतियोगितको म्यान अफ दी म्याच भए ।
चौंथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच भएको खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले २५–१७, २५–१८, २५–२२ मा लुम्बिनीलाई रोक्दै सेमीफाइनल पुगेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी बिश्वास अधिकारी खेलको म्यान अफद म्याच भए ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख १ रुपैयाँँ, द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैया, तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ र सान्त्वना हुनेले नगद ५० हजार १ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबले जनाएको छ ।