सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ६ महिनामा गर्‍यो २४ प्रतिशत बजेट खर्च – Nepal Press

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ६ महिनामा गर्‍यो २४ प्रतिशत बजेट खर्च

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा कुल विनियोजित बजेटको ३१.०५ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालयलले पाएको बजेटेको ३१.०५ प्रतिशत खर्च भएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनले देखाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालयले कुल ७ खर्ब ३९ अर्ब १० करोड ९६ लाख रुपैयाँ बजेट पाएका थिए । जसमध्यये ६ महिनामा २ खर्ब २९ अर्ब ४७ करोड ८२ लाख अर्थात ३१.०५ प्रतिशत खर्च भएको छ ।

मन्त्रालयले चालू आर्थिक वर्षको ६ महिनामा प्राप्त बजेटको २४.७४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले ८ अर्ब ७० करोड ६७ लाख बजेट पाएको थियो । जसमध्ये ६ महिनामा उक्त बजेटको २४.७४ प्रतिशत अर्थात २ अर्ब १५ करोड ३८ लाख खर्च गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *