पोखरामा एक करोड ८० लाखको गरगहाना किनेर दिएको चेक बाउन्स, भक्तपुरमा पक्राउ परे थापा – Nepal Press

पोखरामा एक करोड ८० लाखको गरगहाना किनेर दिएको चेक बाउन्स, भक्तपुरमा पक्राउ परे थापा

काठमाडौं । सुनका गरगहनामा विदेशमा निर्यात गर्ने बताएर पोखराका सुन व्यवसायीलाई विश्वासमा पारेका एक व्यक्ति २ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

काभ्रेको भुम्लु घर भएका ३३ वर्षीय थापाले सुन खरिद बापत दिएको चेक नसाटिएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापालाई भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तीनपटक पैसा तिरेपछि चौथोपटकमा थापाले व्यवसायीलाई झुक्याएका थिए । उनले सुन खरिदबापत पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख र तेस्रोपटक ५० लाख रुपैयाँ तिरेपछि चौथोपटक करिब दुई करोडको सुन लिएर पैसा नभएको चेक दिई फरार भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *