सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत – Nepal Press

सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत

काठमाडौं। काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले गजमेर पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत

  1. aarop lagne bittkai nam kina sarwajanik garna parne ho? aarop pusti nahuda samma nam goppya radhna parne haina ra? jaba aarop pusti huncha taba nam sarbajanik garna milcha hola ni. hami kasto patrakaria gardai chau??????

Leave a Reply

Your email address will not be published. Required fields are marked *