मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने – Nepal Press

मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने

रुपन्देही । विभागीय टोली नेपाल प्रहरीलाई स्तब्ध पार्दै सेमिफाइनलमा विजयी बनेको गण्डकी प्रदेश र त्रिभुवन आर्मी रुपन्देहीको तिलोत्तमामा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।

बुधवार भएको सेमिफाइनलको पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीलाई ३-२ सेटमा हरायो भने दोस्रो खेलमा सशस्त्र प्रहरी बल भलिबल क्लबलाई सोझो सेटले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनल यात्रा तय गरेको हो ।

पहिलो सेट २५-२१ र दोस्रो २५-१७ बनाएर दुई सेट आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट चौथो सेट भने नेपाल पुलिस क्लबले २५-१९ ,२५-२०, बनाएर बराबरीमा पुगेको थियो ।

प्रतियोगितामा कुन टीम फाइनल पुग्ने भन्नेमा कडा प्रतिस्पर्धाका बीच पाँचौँ सेट भने गण्डकीले नेपाल पुलिसलाई १० मा रोक्दै १५ बनाएर फाइनल यात्रा तय गरेको हो ।

गण्डकी विजेता भएपछि फाइनलमा विभागीय टीम त्रिभुवन आर्मी क्लबसँग भेट हुने पक्का भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी जीवन सुनार खेलको म्यान अफ द म्याच भए ।

त्यसै गरी त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच भएको दोस्रो खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिभुवन आर्मी क्लबले एपीएफलाई २५–२२, २५–२०, २५–२३, मा रोक्दै फाइनल यात्रा तय गरेको हो । खेलमा म्यान आफ द म्याच भएका त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो ।

उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशकाका बीचमा बिहीबार हुनेछ । प्रतियोगिताको तेस्रो स्थानका लागि नेपाल प्रहरी र एपीएफ क्लब टीम बीच हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

विजेता समूहले नगद २ लाख १ रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार १ रुपैयाँ, तृतीय स्थान प्राप्त गर्ने समूहले नगद १ लाख १ रुपैयाँ, सान्त्वना हुनेले नगद ५० हजार १ रुपैयाँसहित कप, मेडल, प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *