विश्वकप सकिने बेलासम्म नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य छ : कप्तान रोहित – Nepal Press

विश्वकप सकिने बेलासम्म नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य छ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले २०२७ को विश्वकप सकिँदासम्म नम्बर १ एसोसिएट राष्ट्र बन्ने लक्ष्य लिएको बताएका छन् ।

बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो सिरिजअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा कप्तान रोहितले नम्बर १ एसोसिएट राष्ट्र बन्ने लक्ष्यसहित लिग-२ मा आएको बताएका हुन् ।

‘पछिल्लो एक वर्षदेखि एउटै नै उद्देश्य छ । मोन्टी सर आएदेखि एउटै कुरा गरिराखेका छौँ । २०२७ को विश्वकप सकिने बेलासम्म नम्बर १ एसोसिएट राष्ट्र बन्ने लक्ष्य लिएर यो लिग टूमा आएका छौँ’, उनले भने।

विपक्षीभन्दा पनि आफूले राम्रो क्रिकेट खेल्यो भने हरेक टिमलाई हराउन सकिने कप्तान रोहितले सुनाए ।

उनले भने, ‘विपक्षी हेरेर खेलेको मलाई राम्रो लाग्दैन । विपक्षीभन्दा पनि आफूले राम्रो क्रिकेट खेल्यो भने जुन सुकै टिमलाई हराउन सकिन्छ जस्तो लाग्छ । पछिल्लो पटक भन्दा राम्रो क्रिकेट खेल्नु पर्‍यो । त्यो हामी खेल्न सक्यौँ भने जुनै पनि टिमलाई हराउन सक्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *