विश्व कप लिग-२ : आज नेपाल र नामिबिया भिड्दै – Nepal Press

विश्व कप लिग-२ : आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग-२ अन्तरगत नेपालले आज नामिबियासँग खेल्दै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

क्यानडाविरुद्धको सिरिज क्लिन स्विप गरेको नेपाल लिग २ मा पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिने छ ।

नेपालले दोस्रो खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् ।

लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *