१३ सय केजी गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ
विराटनगर । सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले १ साताभित्र झन्डै १३ सय केजी गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार पसार र बिक्रीमा संलग्न १५ जना भारतीय सहित ५ जनालाई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गाँजा नियन्त्रण लिन २ राउण्ड गोली समेत चलाउनु परेको छ । प्रहरीका अनुसार सुनसरी र धनकुटाको सीमा भेडेटारबाट तेलको ट्याङ्करबाट प्रहरीले ६ सय केजी गाँजा बरामद गरेको छ।
पेट्रोलियम पदार्थ बोक्ने को १ ख ७३२२ नं को ट्याङ्कर लुकाएर लैजाँदै गरेको अवस्थामा बुधवार बिहान २ बजे गाँजा बरामद भएको हो ।
२ केजीको दरमा रहेको ३ सय पोका गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । मङ्गलवार वराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित सप्तकोसी नदी किनारबाट ४ सय ६ केजी गाँजा प्रहरीले नियन्त्रणमा प्रहरीले लियो लागूऔषध गाँजा लोड भएको बोलेरो गाडी सहित दुई जना पक्राउ परे ।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको उक्त गाँजा ४०६ केजी ९४० ग्राम रहेको बताइएको छ ।
लागूऔषध गाँजा सहित बोलेरो चालक धरान उप-महानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी ८ का २७ वर्षीय लक्ष्मण राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो ।
आइतबार सुनसरी प्रहरीले धरानबाट १ सय ६३ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको थियो सोमबार पनि १ सय ४९ किलो गाँजा सहित १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।