नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, १३ रनमा तीन विकेट पतन
नेपाल प्रेस
२०८० फागुन ३ गते ९:५१
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले नामीबियाविरुद्ध १३ रन जोड्दा महत्त्वपूर्ण ३ ब्याटरलाई गुमाएको छ ।
ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् ।
नेपालका कप्तान रोहित पौडेल र भीम सार्की क्रीजमा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर