भीम सार्कीको प्रतिरोध समाप्त, ४४ रनमा आउट – Nepal Press

भीम सार्कीको प्रतिरोध समाप्त, ४४ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ ।नामिबियाको धारिलो बलिङको नेपालका ब्याट्सम्यानहरूले प्रतिरोध गर्न सकिरहेका छैनन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ९४ रनमा ७ विकेट गुमाएको छ । क्रिजमा एक्लै संघर्ष गरिरहेका भीम सार्की पनि आउट भएका छन् । उनले ८६ बलको सामना गर्दै ४४ रन बनाए ।

टस जितेको नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालका ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट गरेर नामिबियाले उत्कृष्ट सुरुवात गर्‍यो । त्यसपछि थप तीन विकेट नेपालले छिट्टै गुमायो ।

उत्कृष्ट फर्ममा रहेका अनिल शाहलाई आज नेपालले तेस्रो नम्बरमा पठाएको थियो । तर, उनी आज चलेनन् । एकै ओभरमा दुईवटा चौका हानेपछि उनी एलबीडब्लु आउट भए । अनिलले ६ बलमा ८ रन मात्र जोड्न सके ।

आसिफ शेखले आज पनि निराश बनाए । उनी ११ बलमा ४ रन बनाएर आउट हुँदा नेपाल १३ रनमा ३ विकेटको स्थितिमा खस्कियो । त्यसपछि कप्तान रोहित पौडेलले पनि कुनै चमत्कार गर्न सकेनन् । १३ बलको सामना गरेका पौडेले एक रन मात्रै जोडेर आउट भए ।

पाचौं नम्बरमा आएका भीम सार्की क्रिजमा डटेका थिए । उनलाई कुशल मल्लले केहीबेर साथ थिए । उनीहरुबीच आशालाग्दो साझेदारी भएको थियो । तर, १९।५ ओभरमा नेपालले ६७ रन बनाउँदा नेपाललाई ठूलो झट्का लाग्यो । कुशल १५ रनमा आउट भए । उनले एक चौका र एक छक्का हानेका थिए । कुशल र भीमबीच ४६ रनको साझेदारी भएको थियो ।

कुशल लगत्तै सोमपाल कामी पनि पेभिलियन फर्किए् । उनले ६ बलको सामना गरेर २ रन मात्र जोड्न सके । अहिले क्रिजमा भीमलाई साथ दिन गुल्शन झा आए । तर, भीम पनि आउट भएपनि नेपाल सस्तैमा समेटिने खतरा उन्मुख बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *