भुर्तेलले लिए शानदार क्याच, अम्पायरले आउट दिएनन् – Nepal Press

भुर्तेलले लिए शानदार क्याच, अम्पायरले आउट दिएनन्

काठमाडौं । नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेका स्पिनर ललितनारायण राजवंशी आफ्नो खातामा एक विकेट थप्न चुकेका छन् । उनको बलिङमा कुशल भुर्तेलले लिएको उत्कृष्ट क्याचलाई अम्पायरले मान्यता दिएनन् ।

२२ औं ओभरको अन्तिम बलमा जोनाथन स्मिटको विकेट लिने अवसर राजवंशीले सिर्जना गरेका थिए । स्मिटले हावामा खेलेको बललाई कुशलले हावामा उडेर क्याच लिए । दर्शकहरूले सेलिब्रेसन गरे । तर, अम्पायरल आउटको संकेत गरेनन् । दुई अन फिल्ड अम्पायरले आपसमा सल्लाह गरेपछि नटआउटको निर्णय लिए । कुशल जमिनमा बजारिँदा उनको हातमा रहेको बलले घाँसमा छोएको आशंका अम्पायरले गरेका हुन् । टिभी रिप्लेमा यो दृष्य स्पष्ट देखिँदैन ।

तर, भुर्तेल आफूले क्लीन क्याच लिएकोमा विश्वस्त देखिन्थे । यो विकेट सदर भएको भए नेपालका लागि निकै महत्वपूर्ण हुन सक्थ्यो । अघिल्लो ओभरमा सोमपाल कामीले दुई विकेट लिएपछि नामिबिया केही दवावमा आएको थियो । लगत्तै अर्को ब्याट्सम्यान आउट भएको भए नेपाल खेलमा फर्किने अवस्था थियो । यो क्षण खेलको एउटा टर्निङ प्वाइन्ट बन्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *