अदालतले भन्यो- सामूहिक निर्णयमा हस्ताक्षर गर्ने कुनै एक मन्त्रीलाई मात्र मुद्दा दायर गर्ने क्षेत्राधिकार पुग्दैन
काठमाडौं । ललिता निवास प्रकरणमा आरोपीत तीनै जना तत्कालीन मन्त्रिहरुले सफाइ पाएका छन् । डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र विजयकुमार गच्छदारले सफाइ पाएका हुन् ।
विशेष अदालतले बिहीबार फैसला सुनाउँदै मन्त्रिपरिषद्बाट सामूहिक रुपमा गरेका नीतिगत निर्णयहरु अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने र सामूहिक निर्णयमा हस्ताक्षर गर्ने कुनै एक जना मन्त्रीलाई मात्र मुद्दा दायर गर्ने क्षेत्राधिकार पुग्ने भन्ने नमिल्ने जनाएको छ ।
अदालतले आरोपी मन्त्रीले मन्त्रालयबाट एक्लै निर्णय गरेको भन्ने पनि अख्तियरको दाबी नरहेकाले गच्छदारसहितका मन्त्रीहरुले सफाई पाउने ठहर्ने जनाएको छ ।