एक महिना नेपाल बसेर बौद्ध धर्मबारे अध्ययन गरेका नास डेलीका भ्लगर नुसेरले के सिके ? – Nepal Press

एक महिना नेपाल बसेर बौद्ध धर्मबारे अध्ययन गरेका नास डेलीका भ्लगर नुसेरले के सिके ?

काठमाडौं । ‘नास डेली’ का चर्चित भ्लगर नुसेर यासिनले एक महिना बौद्ध धर्मको अध्ययन र अनुभव गरेको भिडिओ अपलोड गरेका छन् ।

गत माघमा नेपाल आएका यासिनले बिहीबार बौद्ध धर्मको बारेमा ८ मिनेट ५५ सेकण्ड लामो भिडिओ अपलोड गरेका हुन् ।

नेपाल आएर बुद्ध जन्मेको देशका रूपमा नेपालाई चिनाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू शेयर गरेका थिए । आफू बौद्ध धर्मप्रति आकर्षित भएको र अध्ययनका लागि नेपाल आएको उल्लेख गरेका थिए ।

भ्लगर नुसेरले एक महिनासम्म बौद्ध धर्म अध्ययन गरेर भिडियो बनाएको बताएका छन् । बुद्धिज्मले खुशी बाहिरबाट नभएर आफू भित्रबाट प्राप्त हुने कुरा आफूले सिकेको उनले उल्लेख गरेका छन् । बुद्धिज्म कुनै धर्म नभएर जीवन जिउन सिकाउने फिलोसपी भएको उनले भिडिओमा भनेका छन् ।

नेपाल आउँदा नै नास डेलीका भ्लगर नुसेरले लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरूसँग आफूलाई जोड्न खोजेको बताएका थिए । साथै बौद्ध धर्मावलम्बीका गुरूहरूसँगका भिडिओ तथा फोटोहरू ‘इन्स्टाग्राम’ मा शेयर गरेका थिए ।

नुसेरले आफूलाई ६ महिना बौद्ध, हिन्दू लगायत सबै धर्मसँग जोडिएर बुझ्ने कोसिस गर्ने थिए बताएका थिए ।

नास डेलीका भ्लगर नुसेर इजरायलका हुन् । उनको युट्युबमा १ करोड ३१ लाख बढी सस्क्राईबरहरू रहेका छन् भने ‘इन्स्टाग्राम’ मा ४५ लाख बढी फलोवअर्सहरू रहेका छन् । सन् २०११ देखि आफ्नो युट्युबको करियर सुरू गरेका नास डेली विश्वभरी ‘द्याट्स वान मिनेट, सीयु टुमारो’ नामक डाइलगबाट चर्चित छन् । आफ्ना हरेक भिडिओमा उनी यो लाइन प्रयोग गर्न गर्छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *