कुनै एक सेक्टरमा समस्या आउँदा समग्र क्षेत्र नै मारमा पर्दैन: अर्थमन्त्री महत – Nepal Press

कुनै एक सेक्टरमा समस्या आउँदा समग्र क्षेत्र नै मारमा पर्दैन: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै निश्चित क्षेत्रको एक सेक्टरमा समस्या आउँदा समग्र क्षेत्र नै मारमा पार्ने प्रवृत्ति रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ नेपाल (ईप्पान)ले एवान इन्स्योरेन्ससँगको सहकार्यमा शुक्रबार आयोजित ‘जलविद्युत बीमा नीति र दृष्टिकोण’ विषय कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा निश्चित क्षेत्रको एउटा संस्था अथवा कम्पनीमा समस्या आउँदा सबै समस्या पर्ने प्रवृत्ति रहेको बताएका हुन् ।

‘मार्केटको रिक्सभन्दा बढी रेट तोकिएमा समस्या आउँछ । यहाँ समस्या आउँदा सबैलाई आउँछ भन्ने प्रवृत्ति नेपालमा छ । तर, सबैलाई एकै पटक जोखिम आइपर्छ । समयमा यसलाई मार्केट रेटमा नै लानुपर्छ’, उनले भने, ‘कुनै पनि क्षेत्रको एउटा ठाउँमा समस्या आउँदा समग्र क्षेत्र नै मारमा पर्ने गर्दैन । ऊर्जाबाट देशको विकासमा ठूलो योगदान दिने आशा गरिएको छ । ऊर्जा क्षेत्र समस्यामा छैन । ऊर्जाको क्षेत्रमा वन मन्त्रालयसँग भइरहेको रोकावटका विषयमा कुरा भइरहेका छन् । प्राकृतिक रूपमा हाम्रो जंगल बढिरहेको छ ।’

उनले इन्स्योरेन्सको विषयमा तत्कालै लिन पाइहाले हुने र दिन नपर्ने प्रवृीत्त रहेको बताए ।

‘हामीले लिने सँगसँगै दिनु पनि पर्छ । हाइड्रोपावरको क्षेत्रमा ९ महिना हुँदासम्म पनि क्षतिपूर्ति नपाएको कुरा आइरहेको छ । इन्स्योरेन्स लिँदा कसरी लिने कुरामा पनि विभिन्न निकायहरू छन्’, उनले भने ।

ईप्पानका अध्यक्ष गणेश कार्कीले खुला अर्थतन्त्रमा इन्स्योरेन्स कम्पनीहरूले खुला नीति लिनुपर्ने बताए ।

‘नेपालमा बाहिरबाट आउने इन्स्योरेन्सहरूले चासो देखाएको देखिन्छ । थुप्रै कुराहरू आएका छन् त्यसका लागि मन्त्रालयले निर्देशन पनि दिएको छ । जसमा काम पनि हुन थालेको छ । जुन राम्रो हो’, उनले भने, ‘पुनर्कर्जाका लागि नेपाल राष्ट्र बैंकलाई पत्र लेखेका छौं र पनि अर्थ मन्त्रालयले निर्देशन दिनुपर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर