नेपाललाई चौथो सफलता
नेपाल प्रेस
२०८० फागुन ५ गते ११:०२
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
नेपाललाई ललित राजवंशीले चौथो सफलता दिलाएका हुन् । २०औं ओभरको दोस्रो बलमा ललितले नेदरल्यान्डका बास डे लिडलाई २७ रनमा आउट गरेका हुन् । ललितले नै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
यसअघि नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टलाई २३, म्याक्स ओ’डाउडलाई १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए । बलिङमा नेपालका ललित राजवंशी २ र सोमपालले एक विकेट लिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर