पहिचानवादीको आन्दोलनलाई नागरिक उन्मुक्ति पार्टीको ऐक्यबद्धता, कोशी नाम खारेज गर्न माग – Nepal Press

पहिचानवादीको आन्दोलनलाई नागरिक उन्मुक्ति पार्टीको ऐक्यबद्धता, कोशी नाम खारेज गर्न माग

काठमाडौं । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कोशीमा प्रदेशको नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ।

शनिवार इलामको चुलाचुलीमा बसेको सचिवालय बैठकले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने निर्णय गरेको महासचिव ठाकुरसिंह थारुले बताए।

बैठकको निर्णय सार्वजनिक गर्दै उनले भनेका छन्- प्रदेश नम्बर १ को नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रूपमा नामकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामकरणका लागि पहल गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर