महोत्तरीमा दुई समुदायबीचको विवाद साम्य, सामाजिक सद्भाव कायम राख्ने प्रतिवद्धता – Nepal Press

महोत्तरीमा दुई समुदायबीचको विवाद साम्य, सामाजिक सद्भाव कायम राख्ने प्रतिवद्धता

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-१ पर्सामा सामाजिक सद्भाव कायम राख्न हिन्दू र मुस्लिम अगुवाहरूले प्रतिबद्धता जनाएका छन् ।

महावीर झण्डा मेलाको अवसरमा शनिवार कलश यात्रा निकालेका बेला दुई समुदायबीच झडप भएको थियो । झडपले स्थित अनियन्त्रित बनेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो ।

विवाद चर्केपछि आज गाउँपालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दुवै समुदायका अगुवाहरूले सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन् । साथै झण्डा मेला शान्तिपूर्वक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

धार्मिक द्वन्द्व फैलाउन केहि उछृङ्खल व्यक्तिले ढुंगा फालेपछि झडप भएको भन्दै अगामी दिनमा मेला महोत्सवमा उछृंखल कार्य गर्नेको पहिचान गरी कारबाही गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *