गुमनाम मुक्ति सेनाको गवाही- गढी लुट्दा ६ रूपैयाँ पाइयो, मेलुङमा लड्दालड्दै राणाशाही ढल्यो (भिडिओ) – Nepal Press
सन्दर्भः फागुन ७

गुमनाम मुक्ति सेनाको गवाही- गढी लुट्दा ६ रूपैयाँ पाइयो, मेलुङमा लड्दालड्दै राणाशाही ढल्यो (भिडिओ)

२००७ सालको क्रान्तिमा बन्दुक बोकेका चतुरमानको फ्ल्याब्याक- क्रान्ति सकिएपछि कांग्रेसीहरु नै लुटपाटमा लागेपछि पार्टी छाडें, कम्युनिष्ट बनेपछि पनि कांग्रेसले विमान लुटेको पैसा लिन फारबिसगञ्जबाट बोलायो

सैपु चण्डिस्थान (रामेछाप) । आजभन्दा ठीक ७३ वर्षअघि यो समयमा चतुरमान सुनुवार भरुवा बन्दुक बोकेर फुलासीको पाखामा राणा शासकको फौजसँग लड्दै थिए । फुलासी रामेछापको एउटा गाउँ हो, पारिपट्टि दोलखाको मेलुङतर्फ राणाको फौज थियो । लडाइँ चलिरहेका बेला क्रान्ति सम्पन्न भएको र राणाशाही ढलेको खबर दुवैतर्फ पुगेपछि लडाइँ रोकियो ।

बितेका ७३ वर्षमा चतुरमानले धेरै क्रान्ति र आन्दोलन देखे । कांग्रेसबाट शुरु भएको उनको क्रान्तिकारी यात्रा कम्युनिष्ट पार्टीमा रुपान्तरित भयो । उनीसँग २००७ सालको क्रान्तिमा सँगै लडेका सहयोद्धाहरु अब सायदै कोही जीवित होलान् ! आज तिनै गुमनाम गुरिल्लालाई ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा केही किस्साहरुसहित सार्वजनिक गरेका छौं ।

चतुरमानलाई खोज्दै चण्डीथान

चतुरमान सुनुवारलाई फिचरमा उतार्ने कि अन्तर्वार्ता गर्ने ? कि बुढा मान्छेको संस्मरणलाई आत्मकथाको शैलीमा ढाल्ने ? लिखु खोला किनाराको सिरिसेबाट सैपुतर्फ उकालो लाग्दा मेरो मनमा यस्तै प्रश्नहरु उठे । यस पटक मेरो रामेछाप यात्रा ९१ वर्षीय ज्येष्ठ राजनीतिज्ञ चतुरमानलाई भेटेर २००७ सालको क्रान्तिमा उनको सहभागितासँग जोडिएका किस्साहरु सुन्ने र इतिहासको कालखण्डलाई दस्तावेजीकरण गर्ने नै थियो ।

आजभन्दा २५ वर्षअघि अर्थात २०५५ कात्तिक १९ गते बिहीबारको सूर्योदय साप्ताहिकमा चतुरमानबारे मैले लेखेको ‘प्रोफाइल स्टोरी’ छापिएको रहेछ । अभिलेख खोज्ने क्रममा शहीद ऋषि देवकोटा आजादका प्रिय मित्र चतुरमानको राजनीतिक आरोह-अवरोहबारे लेखिए पनि २००७ सालको क्रान्तिमा बन्दुक बोकेर प्रत्यक्ष सहभागी भएका यी योद्धाको त्यसबेलाको अनुभव उल्लेख्य समेट्न सकिएनछ ।

२५ वर्षअघि २००७ सालको क्रान्तिमा भाग लिएका होइन, नेतृत्व गरेकै व्यक्तिहरु सत्ता र शक्तिमै रहेकाले पनि त्यो जनक्रान्तिबारे चतुरमानको अनुभव ‘न्युजमेकर’ नहुने बेला थियो । यसपटक फागुन ७ आउनै लाग्दा मैले २५ वर्षअघिको सूर्योदय साप्ताहिकको भित्री पेज पढें अनि उमेरले ९० कटिसकेका चतुरमान सुनुवारलाई नै भेट्ने उद्देश्यले रामेछापतर्फ लागें ।

गत असोज महिनामा चतुरमान ९१ वर्ष पुगेको फेसबुकतिर देखेपछि नै मैले यो वर्ष जसरी पनि भेटेर २५ वर्षअघि नसमटेएिका उनको क्रान्ति जीवनका महत्वपूर्ण क्षणहरुलाई अभिलेख बनाउने अठोट गरिसकेको थिएँ । चण्डीथानको चौरमा बसेर पारिलो घाममा करिब एक घण्टा गफिँदा ९१ वर्षीय चतुरमान घरी ‘नोस्टाल्जिक’ देखिए, घरी क्रान्तिकारी सुनिए ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका वडाध्यक्ष सन्तोष पौडेललाई ‘चतुरमान बा’लाई कता भेटिएला भनेर मैले बिहानै फोनबाटै सोधिसकेको थिएँ । चण्डिस्थान कटेर सुनुवार गाउँ पुग्दा चतुरमानको घरमाथि नै उनका छोरा नयन्द्र भेटिए, जो मेरो ८ कक्षामा पढ्दाको सहपाठी पनि हुन् । नयन्द्रसँग मेरो यो भेट पनि ३२ वर्षपछि भएको हो ।

दिउँसो चतुरमान घरमा थिएनन्, नयन्द्रले नै फोन गरेर म आएको जानकारी दिएपछि चण्डिस्थानमा भेट्ने तय भयो । सैपु र दुरागाँका सुनुवार समुदायको चण्डी नाच गर्ने उक्त ऐतिहासिक स्थानमा गएर करिब आधा घण्टा पर्खिएपछि माथि डाँडाबाट लठ्ठी टेकेका ‘चतुरमान बा’एक मुठो साग काखीमा च्यापेर हामी भएतिर झरे ।

गत असोज महिनामा चतुरमान ९१ वर्ष पुगेको फेसबुकतिर देखेपछि नै मैले यो वर्ष जसरी पनि भेटेर २५ वर्षअघि नसमटेएिका उनको क्रान्ति जीवनका महत्वपूर्ण क्षणहरुलाई अभिलेख बनाउने अठोट गरिसकेको थिएँ । चण्डीथानको चौरमा बसेर पारिलो घाममा करिब एक घण्टा गफिँदा ९१ वर्षीय चतुरमान घरी ‘नोस्टाल्जिक’ देखिए, घरी क्रान्तिकारी सुनिए ।

चतुरमान २००६ सालमा नेपाली कांग्रेसको मुक्ति सेना बनेर राणा शासन ढाल्न हिँड्दा १७ वर्षको थिएँ भन्छन् । यद्यपि उनको नागरिकतामा जन्म मिति विसं १९९१ असोज ८ गते उल्लेख छ । खासमा उनको उमेर ९३ वर्ष हो भन्ने लाग्छ उनी आफैंलाई । २५ वर्षअघि उनीसँग नवोदित पत्रकारको रुपमा कुरा गर्दा तत्कालीन राजनीतिका सक्रिय नेता भएकाले उनी समसामयिक विषयमा बढी केन्द्रित थिए ।

यस पटक उनीसँग भेट्दा सक्रिय राजनीतिमा नभएकाले बढी इतिहास र आफ्नै सपनामा केन्द्रित भए । यद्यपि राजनीतिमा ७५ वर्ष बिताएका यी क्रान्तिकारी नेता आफू सक्रिय नै रहेको दाबी गर्छन् । अहिले पनि कुनै युवामा भन्दा कम जोश नरहेको भन्दै उनले उमेरका कारण आफैं पार्टी राजनीतिको दैनिक जिम्मेवारीबाट मात्र अलग भएको बताए ।

चतुरमान सुनुवारले राजनीति नेपाली कांग्रेसबाट शुरु गरे । बन्दुक बोकेर राणा शासन ढाल्न ओखलढुंगा, रामेछाप, सिन्धुली र दोलखाका विभिन्न मोर्चामा लडाइँ लडे । २००७ सालको क्रान्ति सम्पन्न हुँदा उनी चरिकोट हान्न भनेर दोलखाको मेलुङमा मुक्तिसेनाको फौजसँगै थिए । तर, मेलुङको अन्तिम भिडन्तपछि राणा शासन ढलेको खबर पुग्यो, अनि गाउँ फर्किए ।

राणा शासन ढलेर प्रजातन्त्र आएपछि मान्छेहरु समान हुन्छन्, गरिब र निमुखाले पनि बोल्न पाउँछन् भन्ने थियो । तर, कांग्रेसका नेताहरुलाई बिहानऔबेलुकै मासुभात खुवाउनुपर्ने, बलिया खसी जनताको खोरमा देख्यो कि उनीहरुलाई नै चाहिने । धनमाल गतिलो देख्नै नहुने । यी सबै आँखै अगाडि भएपछि चतुरमानले २००९ सालतिर कांग्रेस त्यागे ।

राणा शासन ढलेर प्रजातन्त्र आएपछि मान्छेहरु समान हुन्छन्, गरिब र निमुखाले पनि बोल्न पाउँछन् भन्ने थियो । तर, कांग्रेसका नेताहरुलाई बिहान-बेलुकै मासुभात खुवाउनुपर्ने, बलिया खसी जनताको खोरमा देख्यो कि उनीहरुलाई नै चाहिने । धनमाल गतिलो देख्नै नहुने । यी सबै आँखै अगाडि भएपछि चतुरमानले २००९ सालतिर कांग्रेस त्यागे ।

त्यसबेला रुस र चीनमा कम्युनिष्टले गरिबको पक्षमा शासन गरिरहेको कुरा चतुरमानले उनकै बुबाको मुखबाट सुनेका थिए । त्यसपछि ब्रिटिस लाहुरे र मुक्ति सेना हुँदै नेपाल प्रहरीको जागिर खाने दुवै अवसर छाडेर उनी विस्तारै गाउँ ठाउँमा कम्युनिष्ट जन्माउने बाटोमा हिँडे ।

२०३० सालसम्म पनि उनलाई कांग्रेसले सम्झेर बोलाइरहेको थियो । जंगवीर र सुरवीर राई उनका कमाण्डर थिए ७ सालको क्रान्तिका । २०३० सालमा कांग्रेसले विमान अपहरण गरी फारबिसगञ्जमा पैसा लुटेर लगेको र त्यो पैसाबाट १५ सय रुपैयाँ चतुरमानलाई पनि छुट्याइएको रहेछ ।

उनलाई १५ सय रुपैयाँ लिन धरान लैजान कांग्रेसका आएका रहेछन् । तर, त्यसबेला उनी कम्युनिष्ट पार्टीको सदस्य भइसकेका थिए । राणा शासन ढालेपछि कांग्रेससँगको सम्बन्ध विच्छेद गरेर कम्युनिष्ट बनेका चतुरमान आजको रामेछापका अधिकांश कम्युनिष्ट नेताका अभिभावक हुन् ।

२०४६ सालको बहुदलीय व्यवस्थापछि चतुरमान २०४९ मा साविक सैपु गाविसको अध्यक्ष र २०५४ मा रामेछाप जिल्ला विकास समिति सदस्यसम्म भए । नेकपा एमालेको ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहेका उनलाई यस पटक मध्यपहाडी यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले मन्थलीमा बोलाएर सम्मान गरे ।

अष्टलक्ष्मी शाक्यले दिएको पुस्तक पढिरहेका उनी एक गिलास रक्सी पिएपछि मात्र आँखा देख्ने बताउँछन् । पुस्तक पढ्न रक्सी पिउने उनको बानी कतिपयलाई पत्यार नलाग्न सक्छ । तर, उनका हरेक क्रान्तिमा साथ दिएकी जीवन संगिनीले नै चतुरमानलाई आँखा देखाउन रक्सी झानेर गिलासमा राख्दिन्छिन् र उनी रक्सीको चुस्कीसँगै किताबका पाना पल्टाउँछन् ।

मन्थलीमै भेटेर अष्टलक्ष्मी शाक्यले दिएको पुस्तक पढिरहेका उनी एक गिलास रक्सी पिएपछि मात्र आँखा देख्ने बताउँछन् । पुस्तक पढ्न रक्सी पिउने उनको बानी कतिपयलाई पत्यार नलाग्न सक्छ । तर, उनका हरेक क्रान्तिमा साथ दिएकी जीवन संगिनीले नै चतुरमानलाई आँखा देखाउन रक्सी झानेर गिलासमा राख्दिन्छिन् र उनी रक्सीको चुस्कीसँगै किताबका पाना पल्टाउँछन् । उनीसँगै २००७ सालको क्रान्तिमा लडेका साथीहरु सायद अब उनी जस्तै गुमनाम पात्रका रुपमा कोही कतै जीवित होलान् । तर पनि सपना देख्न छाडेका छैनन् र आशावादी नै छन् उनी ।

२००७ सालको क्रान्ति र फागुन ७ का जीवित साक्षी चतुरमानले भोगेका कथा र व्यथा बाँकी प्रसंग उनकै शब्दमा:

कांग्रेस हेर्न गएको, मुक्ति सेना बनाएदिए

२००६ सालतिरको कुरा हो । म गाउँमा शिकार खेल्ने र मृग, कालिज, बाँदर मार्नेमा दरिएको थिएँ । ओख्रेनीका बाहुनहरुले लेखापढी पनि गराउँथे । म लेखनदासको पनि काम गर्थें । एक दिन पारि ओखलढुंगामा कांग्रेस आएका छन् रे भन्ने सुनेपछि, कांग्रेस कस्ता हुँदा रहेछन् हेर्न जाउँ भनेर गइयो ।

साँघुटारभन्दा माथि कुवापानीमा कांग्रेस आएर बसेका रहेछन् । कांग्रेस भनेका कस्ता हुँदा रहेछन् भनेर हेर्न छिरेको लौ यो केटालाई त भर्ती गरौं भने । लौरो चलाउन आउँछ भनेर सोधे । मैले बन्दुक चलाउँछु भनें । त्यसपछि त मलाई कांग्रेसले मुक्ति सेना बनाइहाले । त्यसबेला म १७ वर्षको थिएँ ।

जतिबेला कांग्रेसमा भर्ती भएँ, त्यतिबेलादेखि बन्दुक नै समातेर हिँडेको हुँ । बन्दुक मलाई मनपर्ने पनि । ओखलढुंगा जिल्लाबाट भर्ती भएर विभिन्न लडाइँमा भाग लिइयो । हाम्रो कमाण्डर वाक्सातिरका जंगवीर राई र सुरवीर राई थिए । रामेछाप, ओखलढुंगा, सिन्धुली र चरिकोट त बन्दुक बोकेर ओहोरदोहोर गरियो । गढीको लडाइँमा झण्डै ज्यान गयो ।

क्रान्ति सम्पन्न हुँदा चरिकोट हान्न मेलुङमा थियौं

त्यसबेला कांग्रेसका नेता हामीले सुने र चिनेका भनेका बीपी कोइराला, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्यायलगायत थिए । तर, हामीले उनीहरुलाई प्रत्यक्ष भेटेर निर्देशन भने पाएनौं । हाम्रा आफ्ना कम्पनी थिए र कम्पनी कमाण्डरले माथिको आदेश सुनाउँथे ।

जतिबेला कांग्रेसमा भर्ती भएँ, त्यतिबेलादेखि बन्दुक नै समातेर हिँडेको हुँ । बन्दुक मलाई मनपर्ने पनि । ओखलढुंगा जिल्लाबाट भर्ती भएर विभिन्न लडाइँमा भाग लिइयो । हाम्रो कमाण्डर वाक्सातिरका जंगवीर राई र सुरवीर राई थिए । रामेछाप, ओखलढुंगा, सिन्धुली र चरिकोट त बन्दुक बोकेर ओहोरदोहोर गरियो । गढीको लडाइँमा झण्डै ज्यान गयो ।

हामी लड्दै अघि बढेका थियौं । चरिकोटमा एक पटक जितेको फेरि राणाले कब्जा गरे भनेपछि हाम्रो कम्पनीलाई चरिकोटतिर जान भने । हामी मेलुङमा पुग्दा युद्ध सफल भयो भन्ने खबर आयो ।

गढीको युद्ध जितेपछि हामीलाई सरुवा गरेर चरिकोटमा दोहोर्‍याएर लड्न पठाएका थिए । मेलुङमा पुगेपछि ड्याङ कि ड्याङ गोली हान्न थालिहाले । हामी रामेछापतिर फुलासीको पाखामा थियौं । त्यहाँ राणाका सिपाही पनि मरे, कांग्रेसका मुक्ति सेना पनि मरे । भुजीका सुनुवार मुक्ति सेनाबाट मरे । कति घाइतेहरुलाई हामीले खुर्कोटतिर पठाएका थियौं, बाटोमै मरे होलान् । यसरी युद्ध सकियो र २००७ सालको क्रान्ति सफल भयो भनेपछि हामी फागुन ८-९ गतेतिर आआफ्नै गाउँ फर्कियौं ।

युद्ध सफल भए पनि हामीले क्रान्तिको फल चाख्न पाउने होइन । कांग्रेसले रक्षा दल बनाएर मुक्ति सेनालाई प्रहरी बनायो । अहिलेको पुलिस त्यही रक्षे दल त हो नि ! प्रहरीमा जाने बेला हामीलाई खबर गरेनन्, हामी आफ्नै गाउँतिर बस्यौं ।

त्यो क्रान्तिमा हामीसँग लडेकाहरु अब त सबै मरिसके । म यो उमेरसम्म बाँचिरहेको छु, अब त दिन गन्ने हो ।

गढीमा राणाको ढुकुटी कब्जा गरेर ६-६ रुपैयाँ बाड्यौं

सात सालको क्रान्तिमा सिपाही भएर लड्दा कति कमाइस् भन्थे । मैले पाएको ६ रुपैयाँ हो । पछि अरु पनि दिन्छन् भन्थे । तर, कांग्रेस नै छाडियो, त्यहाँ बस्नेलाई दियो होला रक्षा दल भएर जानेलाई ।

लडाइँ लड्दै सिन्धुली कब्जा गर्ने बेला गढीको सेफ तोडेपछि ६-६ रुपैयाँ हामीलाई बाँडेर दिएका थिए । त्यसबेला नोट थिएन, पटुकीले सुर्कने पारेर बोकियो । खास हामीलाई पैसा किन चाहियो र त्यो बेला । बिहान बेलुका खान पाएकै छ, त्यो पैसा पनि धेरै भयो नि ! पैसाको सेफ फलामको थियो, १०-१२ जनाले नोल लाएर बोक्नुपर्ने ।

मेलुङमा पुगेपछि ड्याङ कि ड्याङ गोली हान्न थालिहाले । हामी रामेछापतिर फुलासीको पाखामा थियौं । त्यहाँ राणाका सिपाही पनि मरे, कांग्रेसका मुक्ति सेना पनि मरे । भुजीका सुनुवार मुक्ति सेनाबाट मरे । कति घाइतेहरुलाई हामीले खुर्कोटतिर पठाएका थियौं, बाटोमै मरे होलान् । यसरी युद्ध सकियो र २००७ सालको क्रान्ति सफल भयो भनेपछि हामी फागुन ८-९ गतेतिर आआफ्नै गाउँ फर्कियौं ।

त्यो सेफ फोडेर सबैले ६-६ रुपैयाँ बाँडेर लिएपछि हामी धनी भयौं । त्यहाँबाट राणाका सेना भागे । चारैतिरबाट घेरेको छ है हामीले, विचरा राणाको सेना एउटा नेवार रहेछ भाग्न नसकेर सिस्नो घारीमा भेटेर पक्रेर राख्यौं । त्यहाँ चाहिँ हाम्रो कमाण्डर धनबहादुर भन्ने सुनुवार थियो कम्पनी कमाण्डर । इन्चार्ज सुरवीर राई पछि जर्नेल भए क्यारे !

बित्थैमा लडिएछ भनेर कांग्रेस छाडें

मैले कांग्रेस छाडेको चाहिँ २००८ सालपछि हो । क्रान्ति सम्पन्न भएपछि केही साथी मुक्ति सेनाबाट नेपाल प्रहरी भए । म चाहिँ गाउँ फर्किएको थिएँ । प्रजातन्त्र आएपछि गाउँमा लुटपाट चल्यो । कांग्रेसभित्रै लुटपाट गर्नेहरु बलिया भए । उच्च वर्गले तल्लो वर्गलाई थिच्ने काम पो हुन थाल्यो । उच्च वर्गलाई मान मनितो दिने, अरुलाई हेप्ने । त्यहाँ वर्गीय राजनीति पटक्कै देखिएन ।

म कुन वर्गमा पर्छु ? आफैंले वर्ग विश्लेषण गर्थें । अनि मलाई लाग्न थाल्यो, यो मेरो वर्ग होइन । हामीले मासुभात फाल्ने, गरिबले आँसु झारेर रुने ! गरिबले दशैं टारुँला भनेर राखेको खसी खाइदिने । बडीमुहानमा विचरा किसानले बुइँगलमा लुकाएर राखेको खसी समेत लुटेर खाइदिएपछि मैले कांग्रेस छाडें ।

जतिबेला पनि भात मासु नखाइ नहुने, कांग्रेसको राजनीति । उनीहरु आउँदा दूध भात हामीले खान्दिन सक्छौं ? हामी त सामन्तको विरुद्धमा हो नि ! त्यही कांग्रेसभित्र बस्दा नै मेरो मनले विद्रोह गरेको थियो । अनि मभित्र अलि अलि कम्युनिष्टको प्रभाव पनि परेछ । मेरो बुबाले रुस र चीनका कम्युनिष्ट असल छन् भन्थे । पछि किताबहरु पढ्न थालेपछि कम्युनिष्ट विचार पो मन पर्न थाल्यो ।

आफ्नो धोको नै थियो, त्यो क्रान्ति सफल भयो । राणाले छाडेपछि त्रिभुवन श्री ५ आयो, अनि बित्थैमा लडिएछ भन्ने भयो । आफूलाई श्री ५ मन परेन । अनि कांग्रेसको त्यो लुटपाट देखेर त्यो पार्टी छाडियो ।

विमान अपरहणमा लुटेको पैसा लिन कांग्रेसले बोलाए

२००९ सालमा कांग्रेस छाडेपछि उनीहरुसँग खासै सम्पर्क नै भएन । तर पनि मलाई ३० सालसम्म कांग्रेसले बिर्सेका रहेनछन् । कांग्रेसले प्लेन अपहरण गरेर पैसा लुटेछन् । फारबिसगञ्जमा पैसा बिसाए नि, ३० सालतिर । घरमै १५ सय रुपैयाँ दिन आए । तर, मैले लोभलालच गरिनँ । मैले कांग्रेस छाडिसकें भने ।

म कुन वर्गमा पर्छु ? आफैंले वर्ग विश्लेषण गर्थें । अनि मलाई लाग्न थाल्यो, यो मेरो वर्ग होइन । हामीले मासुभात फाल्ने, गरिबले आँसु झारेर रुने ! गरिबले दशैं टारुँला भनेर राखेको खसी खाइदिने । बडीमुहानमा विचरा किसानले बुइँगलमा लुकाएर राखेको खसी समेत लुटेर खाइदिएपछि मैले कांग्रेस छाडें ।

पैसा हातमा दिन खोजेको चाहिँ होइन, धरानमा जाऔं पैसा लिन, हिँड भन्न आएका थिए । हरिकुमारका भिनाजु महेश कोमोर्चाहरु थिए । फारबिसगञ्जमा कांग्रेसीहरुले ३० लाख कि कति भारु बिसाएको रे फारबिसगञ्जमा । मलाई १५ सयको भाग लगाएका रहेछन् कांग्रेसले । त्यतिबेला त १५ लाखभन्दा बढी थियो नि ! तर, म मानिन बाबा ठाकुर ।

विचारले सक्रिय नै छु, साँच्चैका कम्युनिष्ट भइदिएनन्

सक्रिय हुन छाडेको, अहिले पनि सक्रिय नै छु जस्तो लाग्छ । उमेरले गर्दा दिएन । पदको लालसा छैन । हिँड्ने बाटो त बिर्सिन्छ । ९० वर्ष बाँच्नु भन्ने कुरा पनि त धेरै हो नि ! यत्रो वर्ष बाँचें, केही हुती छैन । विचार चाहिँ अहिले पनि कम्युनिष्ट राम्रो छ । कम्युनिष्ट साँच्चैको चाहिँ भइदिएनन् कि भन्ने लाग्छ ।

लुछाचुँडी, कुर्सी, झैझगडा भए पनि कम्युनिष्टले सिकाको छ नि त ! आफैं झगडा गर्ने आआफैं मिल्नुपर्छ । त्यो बेला कांग्रेस छाडेर कम्युनिष्ट लाग्दाको कुरा । श्री ५ को सरकार आएपछि कम्युनिष्टहरु बनाउन कति कस्ट भयो होला ? त्यतिबेला राजा थिए जे पनि चलाउँथे । राजाले भनेको मान्नैपर्थ्यो, नेताहरु गएर राजाकै पसारो परिए ।

राणाविरुद्ध लड्दा भन्दा कम्युनिष्ट बनाउँदा बढी कष्ट भयो

हामीले बन्दुक बोकेर लडेको मुक्ति सेना राजामै गएपछि म कम्युनिष्ट बनें । केही समय किसान संघमा बसेर काम गरें । त्यसबेला नेपालमा पनि किसान संघर्ष चलिरहेको थियो । २०१३ सालतिर केही समय प्रजापरिषदको सम्पर्कमा रहेर पनि काम गरें । त्यसबेलासम्म हाम्रोतिर कम्युनिष्ट कोही थिएनन् ।

२०१५ सालतिर हो चि मिन्हको जीवन पढ्न पाएपछि म कम्युनिष्ट भएँ । त्यो बीचमा सैपुकै पुष्पराज पौडेलहरुले कोलकाताबाट कम्युनिष्टका किताबहरु ल्याउन थाले । भँगेरीमा नारायणबाबु श्रेष्ठको घरमा हामी जम्मा भएर बहस गर्न थाल्यौं । त्यही ठाउँमा ऋषि देवकोटा आजाद पनि आउँथे । यसरी विस्तारै कम्युनिष्ट पार्टी गठन गर्न थालियो ।

कांग्रेसले प्लेन अपहरण गरेर पैसा लुटेछन् । फारबिसगञ्जमा पैसा बिसाए नि, ३० सालतिर । घरमै १५ सय रुपैयाँ दिन आए । तर, मैले लोभलालच गरिनँ । मैले कांग्रेस छाडिसकें भने । पैसा हातमा दिन खोजेको चाहिँ होइन, धरानमा जाऔं पैसा लिन, हिँड भन्न आएका थिए ।

राणा शासन ढाल्न कांग्रेस बनेर बन्दुक बोक्न भन्दा साँच्चिकै कम्युनिस्ट बनाउन पर्दा झन बढी कष्ट भयो । हामी ८ रुपैयाँमा भारी बोक्न पाउँदा रमाउथ्यौं । चिसापानी गोदारबाट नून बोकेर आउँथ्यौं । २ रुपैयाँमा बनी गरेर हिँड्थ्यौं । मसँगै २ रुपैयाँको बनी गर्ने साथीहरु अझै कोही होलान् । इन्द्रप्रसाद दाहाल माओवादीको सल्लाहकार भएका थिए क्यारे, चैनपुरका हुन् । हामी बनी करेर पैसा कमाउन काम खोजी खोजी हिँड्थ्यौं । म गीत गाउँछु, सिलोक भन्छु । त्यसबेला पनि कम्युनिष्ट बनाउन ठाउँअनुसार गीत र सिलोक गाइन्थ्यो ।

केबलपुरे किसानको एउटा सिलोक अहिले पनि सम्झिन्छु, जुन मैले जनतालाई सुनाउँथे ।

जुध्छन् आपसमा भने चिज दुई निस्कन्छ आगो तहाँ
लड्छन् वर्ग आपसमा खपेर नसकी अन्याय हुन्छ जहाँ !

कतै भोटे सेलो गाउँथे । जुन जात र समुदायको जनता छ, त्यहीअनुसार सेलो, गीत वा सिलोक भनेर कम्युनिष्ट पार्टीको संगठन गरियो । सेरा बेसीमा गहुँ काटेर हिँडियो, कतै भारी बोकियो । २०२७ सालमा ऋषि देवकोटा आजादको हातबाट मैले कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ ।

अहिलेका मान्छे बदमास भए, गर्नेलाई यहाँ जे पनि छ

अस्ति मेरै बुढीले तिमीले यत्रो लडाइँ गरेर के पायौ भनी । मैले भनें, के पाइएन ? यत्रो भएको छ त ! यहाँ मान्छेहरु केही भएन भन्छन् । म चाहिँ थुप्रै भएको देख्छु । अहिलेका मान्छे बदमास भए पैसा धेरै चाहियो, विदेश जानुपर्ने भयो यिनीहरुलाई । गर्नेलाई यहाँ जे पनि छ । धेरै भएको छ, देख्दै नदेख्ने बदमासी रोग लागेको छ अहिले नेपालीहरुलाई ।

राणा शासन ढाल्न कांग्रेस बनेर बन्दुक बोक्न भन्दा साँच्चिकै कम्युनिस्ट बनाउन पर्दा झन बढी कष्ट भयो । हामी ८ रुपैयाँमा भारी बोक्न पाउँदा रमाउथ्यौं । चिसापानी गोदारबाट नून बोकेर आउँथ्यौं । २ रुपैयाँमा बनी गरेर हिँड्थ्यौं । मसँगै २ रुपैयाँको बनी गर्ने साथीहरु अझै कोही होलान् ।

हामीले कस्ता कस्ता दुःखकष्ट गर्‍यौं । बोल्न पाइँदैन थियो, हिँड्न पाइँदैन थियो । मान्छेहरु खान पाउँदैन थिए । आज यहाँ के छैन ? गर्छु भन्नेलाई सबैथोक छ । आफ्नो खोरिया छाडेर विदेश जान खोज्नेहरु यहाँ केही छैन, केही भएन भन्दैछन् ।

किताब पढ्नलाई रक्सी खान्छु, नत्र आँखा देख्दिनँ

अहिले त्यो बेलाको जस्तो दुःख छैन । चामलकै भात खान्छु । आफ्नै बारीको कोदो, मकै खान्छु । रक्सी खान्छु कोदोको मात्रै । त्यो नभइ हुँदैन, नत्र म आँखा देख्दिनँ । त्यो रक्सी यति खाएपछि किताब पढ्छु । मलाई पुगेको छ । रक्सी खाएपछि मात्रै आँखा देख्छु । एकदुई पन्ना पढ्यो, अनि सुत्यो । रक्सी पनि भूमिगत कालमा धेरै खाइएन । तर, पछि जनताकोमा गएपछि खानैपर्ने भयो ।

ऋषि देवकोटालाई समेत मताए साथीहरुले । जुन सेल्टर छ, त्यो घरमा बास बसेर रात कटाउनुछ भने खाने भइयो । एक दिन दुरागाउँमा दिउँसै देवकोटालई राखेको थिएँ । कहिल्यै नखाने मान्छेलाई एक गिलासले भुर्लुक्कै ढालेछ । दिनभरि ज्ञानसिंह सुनुवारको घरमा ढलेर सुताइयो नि ! ऋषि देवकोटा आजादलाई पछि पञ्चेले २०३७ सालमा भिमानमा गोली हानेर मारे ।

मौकामा गरियो, हामीले थालेको बृद्धभत्ताले पालिएको छु

हामी सरकारमा पनि गयौं, काम पनि गरियो । ९ महिना शासन आउँदा १०० रुपैयाँ वृद्ध भत्ता दिने काम मनमोहन अधिकारीको सरकारले गरेको हो नि ! अहिले त्यही भत्ताले मलाई खान पुगेकै छ । बुढाबुढीको ८ हजार आउँछ । पार्टीमा पनि गुनासो छैन । तर, लुछाचुँडी भयो । अरु त यो पार्टीमा मलाई केही गुनासो छैन । पार्टी फुटको विरुद्धमा लागिरहें । यो ९० वर्षमा पनि पार्टी फुटेको पीडाले म यसपालि केटाहरुसँगै खटेर जिताउन हिँडे यहाँ ।

मलाई केपी ओलीको भइस् भने

यो देशमा वामपन्थी एक भयो भने कसैको केही चल्दैन । नेकपा मिल्दा म खुशी थिएँ । तर, फुटाएर गए । मलाई केहीले केपी ओलीको भइस् भन्छन् । यो पार्टी चाहिँ केपी ओलीको हो र ? हामीले पनि बनाएको हो । केपी ओलीको रिसले फुटाएर हिँड्ने गद्दार हुन् भन्छु । मलाई केपीको मान्छे भन्छन् । म चिन्छु राम्ररी तर मलाई चिन्छन् कि चिन्दैनन् थाहा छैन । चिन्लान् मलाई पनि फोटो हेरेर । अस्ति मन्थलीमा पनि भेटियो । २०५४ मा पनि पार्टी फुट्यो । तर, म फुटेर गइनँ । जहाँ सूर्य चिह्न छ, म त्यही हो ।

म माधव नेपाल पनि जान्दिनँ, केपी ओली पनि जान्दिनँ । यो त हामीले लडेर ल्याएको कुरा हो । अस्तितिर म सूर्यको मान्छे भन्दा देवशंकर पौडेलले हामीसँग बहुमत छ, सूर्य चिन्ह हाम्रो भनेका थिए । त्यहाँबाट देवशंकर पनि कता कता, अलिकति गद्दार गर्दिनुभयो । हाम्रो ठाउँमा देवशंकरले बिगार्दिनुभयो । अहिले माथि नेतादेखि सानो कार्यकर्तासम्म बिग्रिएको छ । कार्यकर्ता बौलाहा छन्, नेता पनि बौलाहा ।

तर पनि नेपालमा कम्युनिष्टकै भविष्य छ र नेपालको भविष्य पनि कम्युनिष्टकै हातमा छ । म त अब दिन गनेर बसेको छु, नयाँ पुस्ताले हाम्रो सपना पूरा गरिदिऊन्, त्यति भए हाम्रो क्रान्ति र योगदान अमर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर