बार्यनको खराब लय रोकिएन
हेटौँडा । खराब लयबाट गुज्रिरहेको बायर्न म्युनिखले बुन्डेस लिगामा हार बेहोरेको छ ।
आइतबार बुन्डेस लिगामा भीएफएल बोचुमसँग २–३ गोलले पराजित हुँदै बार्यन लिगमा थप पछि परेको छ ।
जर्मन लिगमा आफ्नो अधिपत्य कायम गर्दै आएको बार्यनले यो सिजनमा २०१५ पछिको सबैभन्दा खराब लय समातेको छ । खेल विश्लेषकहरू अब बार्यन युग सकिन लागेको टिप्पणी गर्न लागेका छन् ।
खेलको १४ औँ मिनेटमा जमाल मुसियालाले टोलीलाई अग्रता दिलाए पनि पहिलो हाफमै बोचुमले दुई गोल फर्कायो । खेलमा टाकुमा असानो र केभेन स्क्लोटरबेकले एक-एक गोल गर्दै टीमलाई २-१ को अवस्थामा लगे ।
खेलको ७८ औँ मिनेटमा केभिन स्टोजरले पेनाल्टीबाट गोल गर्दै बोचुमलाई ३-१ को अवस्थामा लगे । खेलको मा बार्यनका स्टार ह्यारी केनले गोल गरे पनि टीमलाई हारबाट रोक्न सकेनन् ।
खेलको अन्त्यतिर ह्यारी केनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
पछिल्लो तीन खेलमा लगातार पराजित शीर्ष स्थानमा रहेको लेभरक्युजनसँग ८ अङ्कले पछि परेको छ । २२ खेलबाट बायर्नको ५० अङ्क रहेको छ । टोली लिगको दोस्रो स्थानमा छ ।