कर्णाली अस्पतालले सार्वजनिक गर्‍यो ८ वर्षका ८ उपलब्धि (पूर्णपाठ) – Nepal Press

कर्णाली अस्पतालले सार्वजनिक गर्‍यो ८ वर्षका ८ उपलब्धि (पूर्णपाठ)

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले पछिल्लो ८ वर्षमा भएगरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ ।

अस्पतालको १८औं वार्षिकोत्सवको अवसर पारेर निर्देशक डम्बर खड्काले ८ वटा मुख्य उपलब्धि सार्वजनिक गरेका हुन् ।

भौतिक पूर्वाधारमा फड्को, जनशक्ति तेब्बर, अत्याधुनिक स्वास्थ्य उपकरण, सेवा विस्तार र सुधार, उच्चस्तरीय स्वास्थ्य सेवा, कोरोनासँग साहसिक लडाइँ, समन्वय सहकार्य मूलमन्त्र र सेवाग्राहीको विश्वास आर्जनजस्ता कामलाई अस्पतालले उपलब्धि मानेको छ ।

निर्देशक खड्काले अस्पतालको कार्यकारी नेतृत्व गर्ने क्रममा ८ वर्ष चुनौती र संघर्षसँग जुधेपनि आजको उन्नत रूप हेर्दा आत्मसन्तुष्टिले आनन्द महसुस हुने गरेको जिकिर गरेका छन् ।

यस्तो छ अस्पतालद्वारा सार्वजनिक उपलब्धि

१) भौतिक पूर्वधारमा फड्को

स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल हुँदै क्षेत्रीय अस्पतालमा स्तरोन्नति हुँदासम्म यस अस्पतालले राज्यबाट सधै सौतेनी व्यवहार खेप्नुपर्यो । विगतमा राज्यले विभिन्न नाममा रूपान्तरण गरे पनि पर्याप्त लगानी नगर्दा प्रभावकारी सेवा प्रवाह हुन नसकेको तितो इतिहास हामीसामु स्पष्ट छ । विशेषगरी पछिल्लो दसकमा अस्पतालले भौतिक संरचनामा उल्लेख्य उपलब्धि प्राप्त गरेको छ ।

जिल्ला अस्पतालबाट स्तरोन्नति भएर क्षेत्रीय अस्पताल बनेपछि तत्कालीन स्वास्थ्य तालिम केन्द्रको भवनबाट अस्पतालले सेवा प्रवाह सुरू गयो । कमजोर भौतिक पूर्वाधारमात्र होइन, आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको कमीले लामो समयसम्म नाम मात्रको क्षेत्रीय अस्पताल रह्यो । सोही क्रममा २०७३ जेठ २५ गते एक तले नयाँ भवनको उद्घाटन गरी बहिरंग (ओपिडी) सेवा सुरू गरियो । यसका साथै दिनानुदिन सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राखेर २ वटा प्रिफेब भवन निर्माण गरी मेटरनिटी वार्ड र आइसीयूरएनआइसीयू सञ्चालन गरियो । तालिम केन्द्रमा रहेको पुरानो अस्पताल भवनमा मनोरम बगैंचा निर्माण गरियो । दुईवटा प्रिफेब भवनको बीचमा प्रसुती वार्डको अगाडि बिरामी कुरुवा प्रतिक्षालय बनाइयो ।

२०७४ मा अस्पताललाई ३ सय सैयाको बनाउनका लागि नयाँ भवन निर्माण कार्य सुरू गरियो । अहिले अस्पतालको सम्पूर्ण सेवा ३ वटा ब्लकमा रहेका तीन तले नयाँ भवनबाट चलिरहेको छ । चालू आर्थिक वर्षमा अत्याधुनिक प्रशासनिक भवन निर्माणकार्य चलिरहेको छ । यसका साथै ५ सय शैया सञ्चालनका लागि भवन निर्माण कार्य तीव्रताका साथ भइरहेको छ । भवन निर्माणले पूर्णता पाएमा सहजै स्वीकृत शैयामा अस्पताल सेवा प्रवाह गर्न सकिनेछ । आइएनएफको सहयोगमा फिस्टुला भवन निर्माण गरिएको छ । अस्पताल परिसरमा मनोरम बगैंचा निर्माण गरिनुका साथै प्रसुती वार्ड अगाडि बिरामी प्रतिक्षालय बनाइएको छ । अस्पताल परिसरको वातावरणलाई स्वच्छ बनाउन सडकहरू कालोपत्रे गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र आमनागरिकका लागि छुट्टाछुट्टै व्यवस्थित पार्किङस्थल निर्माण गरिएको छ । कर्मचारी आवासदेखि नयाँ भवन आउन आकाशे पुल र बाटो निर्माण गरिएको छ । अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान गरी सञ्चालन गरिएको छ । यसबाट अक्सिजन अभावको वर्षोंदेखिको समस्या समाधान भएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीलाई पनि सहजता भएको छ ।

अस्पतालको सुरक्षा र सरसफाईमा सुधार भएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अधिकांश क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यसले बाह्य सुरक्षालाई मजबुत बनाउनुका साथै आन्तरिक रूपमा समेत कर्तव्य पालनामा निगरानी बढाएको छ । अस्पतालजन्य फोहोरहरू निर्मलीकरण गर्न अटोक्लेभु मार्फत संक्रमणरहीत बिसर्जन गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा खानेपानीको आपर्तिका लागि २०७६ सालमा ३ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको छ । यसले अस्पतालमा पानी अभावको समस्या समाधान भएको छ ।

२) जनशक्ति तेब्बर

विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभाव यस अस्पतालले सुरूवाती समयदेखि भोग्दै आएको एक प्रमुख समस्या हो । सरकारले दरबन्दी अनुसारका चिकित्सक तथा विशेषज्ञ चिकित्सक नपठाउने र पठाएको खण्डमा पनि ती चिकित्सकहरू अस्पतालमा नआउने समस्या प्रमुख चुनौतीको रूपमा रह्यो । विगतका वर्षमा अस्पताल प्रमुखको जिम्मेवारी पाएका चिकित्सकसमेत नियमित रूपमा अस्पतालमा नबस्ने तितो यथार्थ हामीले देख्न पायौ । यस्तो अवस्थामा अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई काम गर्ने उत्प्रेरणा कसरी प्राप्त हुन्छ ? आर्थिक वर्ष २०७०/७१ को जनशक्तिको अवस्था हेर्दा उतिबेलाको अवस्था स्पष्ट हुन्छ । उतिबेला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित २४ जना चिकित्सकको दरबन्दी थियो । तर दरबन्दीमा ९ जनामात्र कार्यरत थिए । उक्त आर्थिक वर्षमा प्रमुख कन्सल्ट्यान्ट चिकित्सकको दरबन्दी ३ जना रहेकोमा सबै रिक्त थियो । कन्सल्ट्यान्ट चिकित्सकको १४ दरबन्दी रहेकोमा ४ जनामात्र दरबन्दीमा कार्यरत थिए । त्यसैगरी मेडिकल अफिसर ५ जनाको दरबन्दी रहेकोमा ३ जना कार्यरत थिए ।

यस्तो अवस्थामा हामीसामु बिरामीको चापलाई मध्यनजर गर्दै चिकित्सकको दरबन्दी थप्ने र दरबन्दीअनुसार चिकित्सक ल्याउने ठूलो चुनौती रह्यो । हामीले संघीय सरकार र प्रदेश सरकारलाई पर्याप्त चिकित्सक व्यवस्थापनका लागि आग्रह गन्यौ । प्रस्ताव तयार पारेर सरकारलाई त्यसमा कन्भिन्स गरायौ । यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने राजनीतिक दलका नेताहरूको सहयोग जुटायौ । अहिले हामीसँग तत्कालीन अवस्थामा भन्दा ३ गुणा बढी चिकित्सकको दरबन्दी रहेको छ । कर्णाली प्रदेश सरकारले एकजना अस्पताल निर्देशकसहित ७५ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये ५० जना कन्सल्ट्यान्ट चिकित्सक र २५ जना मेडिकलरडेन्टल अफिसर रहेका छन् । अफ सुखद पक्ष हामीसँग दरबन्दीभन्दा पनि बढी चिकित्सक कार्यरत रहेका छन् ।

करार र छात्रवृत्तिका समेत गरी ८४ जना चिकित्सक कार्यरत रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा अस्पतालमा स्थायी दरबन्दी, करार तथा छात्रवृत्ति र अस्पताल विकास समितिबाट समेत गरी ५ सय १७ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन् । हामीले २०७५ सालमै विशेषज्ञ सेवा विस्तार कार्यक्रममार्फत विशेषज्ञ चिकित्सक नियुक्तिलाई तीव्रता दिएका थियौ । उक्त कार्यक्रमअन्तर्गत रिक्त दरबन्दीको अभाव पूर्ति गर्न गरी करारमा चिकित्सक भर्ना गरिए । यसले अस्पताललाई राहतमात्र दिएन, सेवा प्रवाहलाई समेत प्रभावकारी बनायो । पर्याप्त जनशक्ति व्यवस्थापनले हाल अस्पतालको सेवा प्रवाहमा सहजता भएको छ । कर्णालीबासीले कर्णालीमै स्तरीय स्वास्थ्यसेवा पाउने वातावरण बनेको छ । हामीले अझै पनि प्रदेश सरकारसँग थप जनशक्ति व्यवस्थापनको लागि माग गरिरहेका छौ । शैया थपको स्वीकृतिसँगै सोहीअनुसार दरबन्दी बृद्धि हुने अस्पतालले विश्वास लिएको छ । छात्रवृत्तिमा एमडीरएमएस अध्ययन गरेका चिकित्सकलाई अस्पतालमा खटाउन संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहल गरेका छौं । संघीय सरकारले पनि यसमा सहयोग गरिरहेको छ ।

३) अत्याधुनिक स्वास्थ्य उपकरण

भवनलगायत भौतिक पूर्वाधार र पर्याप्त जनशक्ति मात्र भएर अस्पतालले सहज रूपमा सेवा प्रवाह गर्न सक्दैन । रोगको सही निदान तथा उपचारका लागि अत्याधुनिक र गुणस्तरीय स्वास्थ्य उपकरणको उत्तिकै जरूरत पर्दछ । हामीले पछिल्लो समय यस कार्यमा विशेष ध्यान दियौ । विशेषगरी आर्थिक वर्ष २०७५/७६ मा उपकरण औजार खरिदलाई तीव्रता दिएका थियौं । त्यसयता बोलपत्र आह्वानको सूचनाद्वारा करिब ५ दर्जनको संख्यामा आधुनिक औजार, उपकरण र स्वास्थ्य सामग्री खरिद गरिएका छन् । यसले गर्दा प्रदेश अस्पताल आधुनिक उपकरणयुक्त बनेको छ ।

अनियमित विद्युतको समस्याबाट छुटकारा पाउन र चौबीसै घण्टा उपकरण चलायमान बनाउन २५० केभिएको जेनेरेटर र ३० केभिएको सोलार सिस्टम जडान गरिएको छ । यतिमात्र होइन, विश्व स्वास्थ्य संगठनको सहयोगमा पूर्वी एसियाकै ठूलो सोलार प्यानल जडान गरिएको छ । ५०० केभिएको अटोमेटिक भोल्टेज रेगुलेटर राखिएको छ । संघीय सरकारको सहयोगमा अत्याधुनिक एमआरआई मेसिन खरिद गरी सेवा सुरू गरिएको छ । ६४ च्यानल क्षमताको यो नेपालमा भित्रिएको पहिलो एमआरआई मेसिन हो । मेसिन सञ्चालनमा आएपछि रोगको निदान गर्न काठमाडौंलगायत ठाउँमा रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यसैगरी ५ वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ज्ञट कष्अिप को सिटी स्क्यान मेसिन जडान गरी सञ्चालनमा रहेको छ ।

४) सेवा विस्तार र सुधार

सार्वजनिक सेवा प्रवाहमा हुने सहजताले हरेक सेवा प्रदायक निकायको सुशासनको अवस्था देखाउँछ । हामीले यस कुरालाई विशेष महत्व दिएका छौ । बिरामीले अस्पताल पुगेर पनि सहज रूपमा चिकित्सकलाई भेट्न नपाउने र खोजेको चिकित्सकसँग उपचार गर्न नपाउने समस्या वास्तवमै दुःखद हो । हामी धेरै हदसम्म यसको अन्त्य गर्न सफल भएका छौं । सेवाग्राहीको आवश्यकतालाई महसुस गरी बिहान ९ बजेदेखि नै विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा सञ्चालन गरिएको छ । २०७४ सालदेखि नै बिरामीलाई पालो मिलाई सेवा लिन क्यू मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ । त्यतिमात्र होइन, पछिल्लो समय घरमै बसेर टिकट काट्न सक्ने गरी अनलाइन ओपिडी टिकट सेवाु सञ्चालनमा ल्याइएको छ । अस्पतालका अन्य सेवाहरूलाई पनि क्रमि रूपमा डिजिटलाइज्डु गर्ने कार्य अघि बढेको छ । सेवाग्राहीबाट प्राप्त हुने शुल्कहरू सोझै बैंकमा जम्मा हुने व्यवस्था मिलाइएको छ । यसको लागि कुमारी बैंकसँग सम्झौता गरी अस्पतालमै बैंकको काउन्टर राखिएको छ । अस्पतालमा अहिले विभिन्न १३ वटा विभागद्वारा बिरामीलाई विशेषज्ञ सेवा प्रदान गरिँदै आएको छ । सबै विभागमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूले बिरामी जाँच गर्छन् । अस्पतालले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ ।

वेबसाइटमा अस्पतालबाट प्रवाह हुने सेवाबारे जानकारी दिनुका साथै अस्पतालका प्रतिवेदनहरू राखिएका छन् । यसले पारदर्शितालाई बढवा दिएको छ । यसका साथै वेबसाइटमा गएर ओपिडी टिकट बुक गर्नेदेखि आफूले चाहेको चिकित्सक छानेर उपचार सेवा प्राप्त गर्ने अवसर उपलब्ध गराएको छ । सूचना–प्रविधिको वर्तमान युगमा यस कार्यले अस्पतालको सेवालाई चुस्त, व्यवस्थित र छरितो बनाउन सघाउने विश्वास गर्न सकिन्छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेको छ । इमरजेन्सी, ओपिडी र स्वास्थ्य बिमाका सेवाग्राहीहरूका लागि अलग–अलग फार्मेसी सञ्चालनमा रहेका छन् । अस्पतालको फार्मेसी २४ सै घण्टा खुला रहन्छ । स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई समेत सेवामा सहज पहुँचको वातावरण निर्माण गरिएको छ । ५० प्रतिशतभन्दा बढी स्वास्थ्य बिमामा आवद्ध सेवाग्राहीले सेवा लिन सफल भएका छन् । अस्पतालमा बिरामीको अभिलेख तथा प्रतिवेदन राख्न २०७६ देखि डल्फिन सफ्टवेय सञ्चालनमा ल्याइएको छ । अस्पतालमा रक्तसञ्चार सेवा पनि सञ्चालन गरिएको छ । यसबाट रगतको अभावमा बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अस्पतालले आफ्नै रक्तसञ्चार सेवा सुरू गर्दा उपचारमा पनि सहजता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा २ वटा र एकवटा प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा रहेका छन् । त्यसैगरी अस्पतालले पूर्वराज्यमन्त्री नवराज रावतको सांसद विकास कोषको सहयोगमा एउटा सबवाहन सञ्चालनमा ल्याएको छ । अस्पतालको एम्बुलेन्स र सबवाहनबाट सेवाग्राहीले सहुलियत दरमा सेवा प्राप्त गर्ने अवसर पाएका छन् ।

५) उच्चस्तरीय स्वास्थ्य सेवा

सुर्खेतसहित कर्णालीका जनताले सानोतिनो स्वास्थ्य समस्या बोकेर उपचारका लागि अन्यत्र जानुपर्ने बिडम्बना वर्षोंसम्म भोग्यौं । हामी त्यो बिडम्बनाको अन्त्य गर्न चाहन्थ्यौं । यसका लागि विशेषज्ञ चिकित्सक र अत्याधुनिक औजार उपकरणका साथै उच्चस्तरीय सेवा सञ्चालनमा ल्याउनुपर्ने थियो । हामी यस कार्यमा धेरै हदसम्म सफल भएका छौं । काठमाडौंमा मात्र प्रदान हुने जटिल स्वास्थ्य सेवा यही अस्पतालबाट सुरू गरिएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मृगौला प्रत्यारोपण गरिएको छ । दुईजना बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ । नियमित प्रत्यारोपणका लागि संस्था सूचीकृत गर्ने प्रक्रियामा रहेको छ । यस कार्यले प्रदेश अस्पतालको सेवाको स्तर, क्षमता र जनविश्वास निकै माथि पु्याएको छ ।
२०७४ देखि नै डाइलासिस सेवा सञ्चालनमा रहेको छ । यसले गर्दा मृगौलापीडित बिरामीले डाइलासिस गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । हेपाटाइटिस –बी पोजिटिभु भएका बिरामीलाई समेत निकट भविष्यमा डाइलासिस सेवा सुरू गरिनेछ । कर्णाली प्रदेशमा पहिलोपटक हिप रिप्लेसमेन्टु सेवा सुरू गरिएको छ । मुटुरोग उपचार सेवा पनि सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय अप्थाल्मोजी, डर्माटोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरिएको छ । आँखा उपचार तथा शल्यक्रिया सेवा पनि सञ्चालनमा ल्याइएको छ । यसका साथै मोडुलर ओटी निर्माण गरि सेवा प्रवाह गरिएको छ । अत्याधुनिक स्वास्थ्य उपकरणको सहायताले चिकित्सकलाई जस्तोसुकै रोगको निदानमा सहजता प्रदान गरेको छ, जसका कारण जटिल रोगहरूको उपचार पनि संभव तुल्याएको छ ।
हिजोका दिनमा रोग पहिचान भएर पनि बिरामीहरू सुर्खेतमा उपचार सेवा लिन हच्किन्थे । ऋणजोहो गरेर उनीहरू काठमाडौं वा भारतीय सहरमा जान्थे । आज अवस्था बदलिएको छ । सामान्यदेखि जटिलखालका रोगहरूको निदान र उपचार प्रदेश अस्पतालमै संभव भएको छ । अनुभवी विशेषज्ञ चिकित्सकको उपस्थितिले सहयोगले उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा गर्न सहज भएको छ । विशेषगरी डा। निलम खड्काको कारण हेड इन्जुरी, डा. विकास केसीको कारण स्पाइन सर्जरी र हिप रिप्लेसमेन्ट तथा डा. चित्र शर्माको कारण मुटुरोग सेवा संभव भएको छ । सर्जरीका विशिष्टीकृत चिकित्सक डा. गशेण थापाको लामो बसाइँले जटिलखालका सल्यक्रिया सुचारू गर्न मद्दत मिलेको छ ।

६) कोरोनासँग साहसिक लडाइँ

कोभिड–१९ (कोरोना महामारी) हाम्रो जीवनमा आएको निकै भयावह स्वास्थ्य समस्या थियो । विज्ञानलाई नै चुनौती दिएर विश्वलाई हल्लाइरहेको कोरोनासँग जुध्न सीमित साधनस्रोत र जनशक्ति रहेको अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा बिकट क्षेत्रमा अवस्थित प्रदेश अस्पताललाई सहज थिएन । तैपनि हामी कोरोनासँग लड्यौ । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी मिलेर कोरोनासँग साहसिक लडाइँ लड्यौ । आफ्नो ज्यानलाई जोखिममा पारेर हजारौ संक्रमितलाई जोगाउन कम्ती चुनौतीपूर्ण थिएन ।

२०७६ चैतमा कोभिड–१९ को व्यवस्थापन तथा उपचारका लागि नयाँ भवनमा ३ सय शैयाको आइसोलेसन वार्ड र २५ शैयाको आइसीयू सञ्चालन गरियो । कोभिड उपचारका लागि चिकित्सक सहितको मेडिकल टिम परिचालन गरियो । लकडाउनको समयमा पनि नियमित रूपमा अन्तरंग र शल्यक्रिया सेवा सञ्चालन गरियो । कोभिड–१९ को निदानको लागि आरटी–पिसिआर सेवालाई तीव्रताका साथ अघि बढाइयो । अस्पताललाई नयाँ भवनमा स्थानान्तरण गरेर पुरानो भवनलाई कोभिङ–१९ विशेष अस्पताल सञ्चालन गरियो । आर्थिक वर्ष २०७६/७७ मा कूल ४ हजार ६ सय ८४ जनाको आरटी–पिसिआर परीक्षण गरिएकामा कोरोना संक्रमित ७ सय ४५ जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरियो । अस्पतालमा भर्ना भएकामध्ये ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ६८ हजार ५ सय ४० जनाको आरटी–पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये १४ हजार ९ सय ७२ जनामा कोरोना देखिएको थियो । संक्रमितमध्ये ७ सय ९ जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । कोरोनाले उच्च रूप लिएको उक्त आर्थिक वर्षमा अस्पतालको आइसोलेसनमा भर्ना भएका १ सय ३७ जना संक्रमितको मृत्यु भएको थियो । यस्तो विषम परिस्थितिमा समेत प्रदेश अस्पताल डगमगाएन । सम्पूर्ण टिम कोरोनाविरूद्ध निरन्तर जुधिरह्यो । यसले गर्दा हामी कोरोनाविरुद्धको लडाइँमा विजयोन्मुख भयौं । फलस्वरूप आर्थिक वर्ष २०७८/७९ मा कोरोना नियन्त्रणमा देखिनेगरी सफलता हाँसिल गयौं । उक्त आर्थिक वर्षमा कूल २ सय ८८ जना संक्रमितलाई मात्र आइसोलेसनमा राखेर उपचार गन्यौ । अस्पतालमा भर्ना भएकामध्ये १७ जनाको मृत्यु भयो ।

आमनागरिक र कारोनाबीचको लडाइँमा सिंगो अस्पताल परिवार नागरिकको ज्यान रक्षाको लागि डटेर लाग्यो । लडाइँकै क्रममा हामीले अस्पतालका एकजना वरिष्ठ चिकित्सक डा. हरि सापकोटालाई गुमायौं । उहाँ कोरोनामा मृत्यु हुने नेपालको पहिलो चिकित्सक हुनुहुन्छ । अस्पताल निर्देशक (म स्वयं) १०६ जनालाई कोरोना संक्रमणले भेट्यो । मलाई त एकैपटक कोरोना र क्षयरोगको संक्रमण भयो । मैले यो कुरा परिवारका सदस्यलाई समेत भनिनँ । काठमाडौंबाट क्षयरोगको औषधी मगाएर सेवन गरें । मेरो स्वास्थ्य समस्याबारे बाहिर जानकारी भएमा परिवारका सदस्यले ड्यूटीमा जानबाट रोक्ने जोखिम एकातिर थियो भने अर्कोतिर मेरो अनुपस्थितिमा अस्पतालमा कोरोनाविरूद्धको लडाइँमा खटिरहनुभएका सहकर्मी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल गिर्ने जोखिम रहन्थ्यो । यसले मलाई केही समय तनाब भए पनि कोरोनाविरूद्धको लडाइँमा कुनै असर परेन । हामी आत्तिएनौ । कोरोनाविरुद्धको लडाइँमा हामी पछि हटेमा सिंगो कर्णाली प्रदेश कोरोनाको प्रभावबाट सखाप हुनेमा हामी सचेत र चिन्तित थियौ । अन्ततः प्रदेश अस्पतालले प्रदेशमा कोरोनाविरूद्धको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफलता प्राप्त गन्यो ।
७) समन्वय–सहकार्य मूलमन्त्र
हरेक क्षेत्रको सफलतामा समन्वय र सहकार्य मूलमन्त्र हो । पछिल्लो समय हामीले यही मन्त्रलाई अस्पताल सुधारको लागि प्रयोग गयौ । अस्पताल विकास समितिको व्यवस्थापकीय संरक्षकत्वमात्र नभई विकासमा सक्रिय सहकार्य पायौ । सुर्खेत जिल्लाका स्थानीय तह, कर्णाली प्रदेश सरकार, संघीय सरकारसँग विभिन्न क्षेत्रमा समन्वय गरी सहयोग प्राप्त गन्यौ । संघीय र प्रदेश सरकारले विगतदेखि नै आर्थिक तथा भौतिक भवन तथा संरचना निर्माण, औजार–उपकरण खरिद मा सहयोग गरिरहेका छन् । हामीले सुर्खेतस्थित स्थानीय तहको सहयोगमा एकीकृत संकट व्यवस्थापन केन्द्र समेत सञ्चालनमा ल्याएका छौ । यसका लागि पालिकाहरूले वार्षिक रूपमा बजेट दिने गरेका छन् । यसबाट गंभीर स्वास्थ्य संकटमा परेका व्यक्तिलाई काउन्सिलिङ (मनोपरामर्श) गर्ने, उपचारमा सहायता गर्ने कार्य हुँदै आएको छ ।

सहकार्य र समन्वयका माध्यमबाट अस्पतालले महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै आएको छ । संघीय राजधानीदेखि टाढा रहेको कर्णाली प्रदेशमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग र सहकार्यमा मृगौला प्रत्यारोपण सेवा सुरू हुनु सुखद पक्ष हो । उत्कृष्ट समन्वयात्मक पहलबिना संघीय सरकारबाट एमआरआई, सिटी स्क्यानजस्ता महँगो मूल्यका स्वास्थ्य उपकरण प्राप्त गर्नु पक्कै पनि सहज थिएन । प्रदेश सरकार मातहतको अस्पताल भए पनि संघीय सरकारबाट उल्लेख्य सहयोग पाउनु हाम्रो लागि निकै ठूलो उपलब्धि हो । स्वास्थ्य क्षेत्रसँग सम्बद्ध संघीय सरकारका मन्त्रालय तथा निकायसँग सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसबाट हामीले अघि सारेका योजना कार्यान्वय गर्न मद्दत पु(याएको छ ।

संघीय निकायको सहयोग नभइदिएको भए मृगौला प्रत्यारोपण, हिप रिप्लेसमेन्ट, मुटुरोगजस्ता जटिल स्वास्थ्य सेवा प्रदान गर्न संभव हुने थिएन । प्रभावकारी समन्वय र सहकार्यको सिद्धान्तले अस्पताललाई यसमा सफल तुल्याएको छ । त्यतिमात्र होइन, अस्पतालले पछिल्लो समय सरकारबाट पाउने बजेटको आकार पनि बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा अस्पतालले पूँजीगत र चालू गरी करिब ५ करोडको हाराहारीमा बजेट रहेको थियो । चालू आर्थिक वर्ष २०८०/८१ मा भने पूँजीगततर्फ ६० करोड ४६ लाख र चालूतर्फ ४६ करोड ६ लाख गरी १ अर्ब ६ करोड ५२ लाखबजेट रहेको छ । चौतर्फी समन्वय र सहयोगबिना बजेट प्राप्त गर्न कठिन हुने हाम्रो देशमा यो बजेटले निकै राहत दिएको छ ।

२०७३ सालमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका सहयोगमा १० किलोवाट क्षमताको सोलार जडान गरिएको थियो । त्यसैगरी आइएनएफको सहयोगमा फिस्टुला भवन निर्माण गरियो । हामीले अस्पतालमा साझेदार, सहयोगी र सरोकारवाला निकायलाई निरन्तर सहयोग गर्ने वातावरण बनायौ । अस्पतालको विकास र प्रगतिले दाताहरूलाई सहयोग गर्न थप प्रेरित गर्यो । अस्पतालमा स्थायी दरबन्दीमा चिकित्सकको पदपूर्ति गर्न ढिलाइ भइरहेका बेला हामीले संघीय र प्रदेश सरकारसँग समन्वय गरी करार र छात्रवृत्तिका चिकित्सक ल्याउन सफल भयौं ।

अहिले प्रदेश अस्पतालमा करार र छात्रवृत्ति अन्तर्गतका ७२ जना चिकित्सक रहेका छन् । चिकित्सकबाहेक नर्सिङ, प्यारामेडिसियन, ल्याब, रेडियोलोजी, फार्मेसी, प्रशासन, लेखा र अन्य गरी यस्तो जनशक्तिको थप संख्या २ सय ४० रहेको छ । यो जनशक्ति भित्र्याउनमा पनि अस्पताल नेतृत्वको कुशल समन्वय र सम्बन्धित निकायमा पहुँचले काम गरेको छ । समुदायस्तरमा पनि सहकार्यको संस्कृतिलाई बढवा दिइएको छ । यसको एक उदाहरण स्थानीय समाजसेवी स्वर्गीय नन्दबहादुर कार्कीको सम्झनामा उहाँको परिवारबाट अस्पताललाई प्राप्त सहयोग हो । उहाँको परिवारले २०७४ सालमा ४ शैयाको आइसीयू सेवा सञ्चालनका लागि अस्पताललाई आवश्यक औजार तथा उपकरण प्रदान गरेको थियो ।

८) सेवाग्राहीको विश्वास आर्जन

हामीले पछिल्लो ८ वर्षमा आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति हो– जनता (सेवाग्राही) को विश्वास । कठिन र चुनौतीपूर्ण अवस्थामा अस्पताल परिवारले गरेको सामूहिक सहकार्य (टिमवर्क) ले बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेकैले चाप बढेको अनुमान गर्न सकिन्छ । आर्थिक वर्ष २०७४/७५ मा ओपिडी र इमर्जेन्सीमा गरी कूल ६७ हजार १ सय ३५ बिरामी अस्पतालमा पुगेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या २ लाख १३ हजार १ सय ४३ रहेको छ । अहिले अस्पतालमा दैनिक सरदर ६ सयको संख्यामा बिरामीले सेवा लिंदै आएका छन् ।

सेवाग्राहीको विश्वासले हामीले उल्लेख्य मात्रामा मेजर अप्रेसन (ठूलो शल्यक्रिया) गर्न समेत सफल भएका छौ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो संख्या तेब्बर गुणाले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ७० जना बिरामीको मेजर अप्रेसन भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या ४ हजार ५ सय ४३ रहेको छ । सल्यक्रियाबाट सुत्केरी हुने महिलाको संख्या पनि दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३९ जना महिलालाई सल्यक्रियाबाट सुत्केरी गराइएकोमा गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ५ सय १३ जनाले यस्तो सेवा प्राप्त गरेका थिए । सामान्य डेलिभर हुन आउने महिलाको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ हजार ९ सय ९५ जना महिला सामान्य सुत्केरी भएका थिए । आर्थिक वर्ष २०७९/८० मा यो संख्या ५ हजार ४ सय ४८ रहेको छ ।

उल्लेखित संख्याहरू केलाउँदा पाइने सबैभन्दा ठूलो तथ्य हो– अस्पतालप्रति जनताको बढ्दो विश्वास । अस्पतालमा दक्ष तथा विशेषज्ञ चिकित्सकको व्यवस्थाका साथै सुविधायुक्त भवनबाट अत्याधुनिक उपकरण तथा औजारको सहायताले सेवा प्रवाह र सार्वजनिक सेवा प्रवाहमा गरिएको सुधारले अस्पतालप्रति जनताको विश्वास बढेको हो ।

हाम्रो अथक प्रयास, लगाव र मिहिनेतले सेवाग्राही जनताको विश्वासमात्र आर्जन गरेनौ, सरकार र दातृ निकायले पनि विश्वास गरे । स्वतन्त्र मूल्यांकनद्वारा हाम्रो अस्पताल देशभरकै उत्कृष्ट अस्पताल घोषणा भयो । निक्स साइमन इन्स्टिच्यूटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनु मा प्रादेशिक अस्पतालहरूमा २०७७ र २०७९ मा उत्कृष्ट बन्न सफल भयो । मूल्यांकनको क्रममा

नेपालभरका बी ग्रेडका अस्पताहरूको लेखा, प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, व्यवस्थापन पक्षलगायतको अवस्था हेरिएको थियो । अस्पताल उत्कृष्ट भएको खुसीमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट व्यक्तिगत रूपमा म सम्मानित हुँदाको खुसी थपियो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले गत वैशाखमा आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा पु(याएको योगदानको कदर गर्दै सम्मानित गरेको थियो । २०८० असोजमा विश्व मानसिक स्वास्थ्य दिवस तथा राष्ट्रिय सेतो कोट दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट कार्य गरेवापत नगदसहित प्रशंसापत्रले सम्मान गर्यो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गर्नुभएको थियो । त्यसैगरी नेपाल सरकारले राष्ट्रको सेवामा अतुलनीय योगदान गरेवापत दुईपटक राष्ट्रिय पदक प्रदान गरेको छ । २०७९ मा देशभरबाट एक जनालाई प्रदान गरिएको सुकिर्तिमय राष्ट्रदीप पदक प्रदान गरिएको थियो । यसबाट प्रदेश अस्पतालले हाँसिल गरेको समृद्धि र जनतालाई पु(याएको सेवाको कदर भएको विश्वास गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *