गगन भन्छन्- त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ (भिडिओ) – Nepal Press

गगन भन्छन्- त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् ।

सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनलगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको दाबी गरे ।

उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठीक नभएको थापाको जिकिर छ । प्रधानमन्त्री दाहाललाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको उनले बताए । अहिले खुला प्रतिस्पर्धा भनिए पनि नियत भागबन्डाकै राखिएको थापाले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने औंल्याउँदै उनले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको बताए ।

महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले नमानेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर