उपसभापति खड्काको प्रतिवेदन- हरेक संकटमा कांग्रेस सतिसाल झैँ उभिएको छ (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि संकट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमतापूर्ण भूमिका निर्वाह गर्दै र परिस्थितिलाई सम्हाल्दै आएको बताएका छन् ।
महासमितिको बैठकमा पेश गरेको ६५ पृष्ठ लामो नीति प्रस्तावमा भनिएको छ, ‘जब जब देशमा संकट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली कांग्रेस त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ । देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसाल झैँ उभिएको छ ।’
उनले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरेका छन् ।
कांग्रेसका सभापति शेरबहदुर देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन गरेर तीनै तहमा ठूलो दलको रूपमा स्थापित भएको खड्काले बताएका छन् । ठूलो दल भएकै कारण अहिले पनि सुझबुझपूर्ण ढङ्गबाट काम गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतलाई समेत साथमा लिएर लोकतन्त्रको संरक्षण, सम्बद्र्धन तथा समुन्नतिको लागि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेस यस विषम परिस्थितिमा इतिहासले आफूलाई सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारी बहन गर्न प्रतिवद्ध भएर क्रियाशील छ । हामी सबैलाई थाहा छ आजको अवस्था सहज छैन । हाम्रा सामु अझै विभिन्न अप्ठ्यारा परिस्थिति छन् । प्रतिवेदनमा भनिएको छ ।
गोदावरीमा जारी महासमिति बैठमा खड्काले पेश गरेको नीति प्रस्तावको पूर्णपाठ