एपीएफ ४ नम्बर गणले सार्वजनिक गर्‍यो सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनसम्बन्धी कामको विवरण – Nepal Press

एपीएफ ४ नम्बर गणले सार्वजनिक गर्‍यो सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनसम्बन्धी कामको विवरण

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, ४ नम्बर गण सुनसरीले सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनसम्बन्धी कामको विवरण सार्वजनिक गरेकाे छ ।

एक वर्षको अवधिमा सुनसरीको शान्ति सुरक्षा, अबैध चोरी निकासी रोकथाम, सीमामा हुने अबैध गतिबिधि, लागु औषध ओसारपसार, मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्ने कार्यहरुमा सफलता प्राप्त गरेको ४ नम्बर गण हेडक्वाटरले जनाएको छ ।

सुनसरीको ४ नम्बर गणले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणमा पछिल्लो एक वर्षको अबधिमा २७ करोड रुपैयाँ भन्दा बढीको चोरी निकासी पैठारीको सामान बरामद गरेको छ ।

गणले आथिक वर्ष २०७०/०७१ मा ५४ लाख १६ हजार बराबरको २०७२/७३ मा ४१ लाख ३७ हजार बराबरको २०७५/७६ ४ करोड २४ लाख ८५ हजार बराबरको २०७८/७९ ७ करोड १३ लाख ७६ हजार बराबरको सामान बरामद गरेकाे थियाे ।

२०७९ साल माघ देखि २०८० माघसम्म एक वर्षको अवधिमा नं ४ गणले २७ करोड ५६ लाख ९५ हजार ६३९ रुपैयाँ बराबरको लत्ताकपडा, सवारी साधन, खाद्यान्न तथा किरान सामान, ईलेक्ट्रोनिक्स सामान, नगद, पशुपंक्षी, हार्डबेयर, काठ, सुर्तीजन्य पदार्थ, पटका, चिनी रअन्य सामान बरामद गरी भन्सार कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको छ ।अघिल्लो वर्षको तुलनामा यो वर्ष करीब १५ करोड रुपैयाँ बढीको चोरीपैठारीको सामान बरामद गरी भन्सार कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको हो ।

गणले एक वर्षको अवधिमा प्रतिबन्धित गाँजा ८४७ केजी, ब्राउन सुगर २४.९९ ग्राम, बिभिन्न लागुऔषध जन्य औषधी २७१९० ट्याब्लेट र १८९ एम्पुल बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ। साथै नेपाल(भारत सीमा स्थित बिभिन्न चेकप्वाईन्ट तथा गस्ति टोलीहरुले २१ जना (महिला(११ र पुरुष १०) नेपाली युवा युवतीहरुलाई मानब बेचबिखनको शंकामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाएको छ ।

सीमा सुरक्षा अन्तर्गत नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात मर्मत तथा निर्माण भएका बिजोर नम्बरका १३३ वटा (मुख्य(१३, सहायक(८० र सानो(५०) सीमा स्तम्भहरुको रंगरोगन तथा मर्मत समेत सम्पन्न गरेको छ ।
सीमामा सशस्त्र प्रहरी बल नेपालको सहकार्य अवधारण अन्तर्गत सीमा क्षेत्रमा विभिन्न चेतनामुलक कार्य , अन्तर्क्रिया तथा सहकार्यमूलक कार्यमा समेत परिचालन भइ सीमा सुरक्षा तथा व्यवस्थापनमा थप सहयोग पुयाएको छ।

त्यसैगरी गणले एक वर्षको अवधिमा जलप्रकोपमा परेका तथा नदिमा डुबेका १० वटा शव र १४ जना ब्यक्तिहरुको जीबित उद्धार समेत गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *