रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा मिश्र नियुक्त, अरु के के निर्णय भए ? – Nepal Press
मन्त्रिपरिषद् बैठक

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा मिश्र नियुक्त, अरु के के निर्णय भए ?

काठमाडौं । सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा डा.परशुराम मिश्रलाई नियुक्त गरेको छ ।

माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त निर्णय भएको जानकारी गराइएको हो ।

महोत्तरीको साविकको मनरा सिश्वा- १० का मिश्रलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

उनका अनुसार सोही दिनको मन्त्रिपरिषद् बैठकले कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा सट्टाभर्नाको सम्बन्धमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा ६ महिनाभित्र कार्य सम्पन्न गर्न पूर्वसचिव मधुसुदन अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय पनि सार्वजनिक गरिएको छ । जसमा नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोही बैठकले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा अध्ययन कार्य समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय सुधार गर्ने सम्बन्धमा सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा अध्ययन कार्य समिति गठन गर्ने निर्णय गरेको छ ।

फागुन ६, माघ २५ र माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७१ वटा निर्णय यस्ता छन्ः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर