सितापाइलामा दुई छोरीसहित आमाको हत्या – Nepal Press

सितापाइलामा दुई छोरीसहित आमाको हत्या

काठमाडौं । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ ।

स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ र २ वर्षीया छोरीको हत्या भएको हो ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर