नेपालले गुमायो ८ विकेट, खातामा १५५ रन – Nepal Press

नेपालले गुमायो ८ विकेट, खातामा १५५ रन

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ । नेपालले एक सय ५५ रन मात्र जोडेको छ ।

नेपालले ३३.५ ओभरमा उक्त रन जोडेको हो । आसिफ शेख ५८, कुशल मल्ल ३६, कुशल भुर्तेल १८ रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन जोडे । रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् ।

नामिबियाका जान निकोल लफ्टी इटन र बर्नार्ड स्कोल्ट्जले तीन तीन विकेट लिए ।

४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । आसिफले ६४ बलमा एक छक्का र ८ चौका प्रहार गरे । नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएर दबाबमा आएको थियो । पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो ।

त्रिवि क्रिकेटमा मैदानमा भइरहेको खेलमा नामिबियाले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *