‘क्युआर कोड’ ले कसरी काम गर्छ ?
काठमाडौं । बढ्दो प्रविकधिको विकाससँगै अधिकांश कामहरु डिजिटल माध्यमहरुमार्फत हुँदैछन् । डिजिटलाइजेसनको युगमा प्रविधिहरुमा उपयोग गर्न सबैले सक्छन् । तर, हाम्रा वरपर रहेका अथवा हामिले दिनहुँ प्रयोग गर्ने डिजिटल समाग्रीहरुबारे थेरैलाई थाहा नहुन सक्छ ।
त्यस्तै अहिले अधिकांश मानिसहरुले प्रयोग गर्ने क्युआर कोड(क्विक रेस्पोन्स कोड) हो । क्युआर कोड हामिले दिनहुँ दश पटक प्रयोग गर्ने गर्छौ । डिजिटल भुक्तानी प्रणालीको माध्यमका रुपमा परिचित नाम क्युआर कोडले कसरी काम गर्छ भन्नेकुरा थाहा नहुन सक्छ ।
क्युआर कोडले कसरी काम गर्छ ?
क्युआर कोड एक ‘स्कवायर’ अर्थात चारकुने बक्स आकारको हुन्छ । उक्त क्युआर कोडमा तीन डिटेक्सन मार्कर हुने गर्दछन् । जसलाई पोजिशन मार्कर पनि भनिन्छ । क्युआर कोड हेर्दा तीनवटै छेवमै स्क्वायर बक्सको रुपमा रहेको देख्न सकिन्छ । डिटेक्सन मार्करले कुनैपनि क्युआर कोडलाई कहाँबाट रिड अर्थात पढ्ने भन्नेकुरा जानकारी दिन्छ ।
क्युआरमा न्युम्यारीक, अल्फा न्युमेरिक, वाईनरी र खान्जी गरी चार तरीकाबाट डाटाहरु स्टोर अर्थात राख्ने गरिएको हुन्छ । यि मध्येमा कुन किसिमको डाटा हो भनेर डिटेक्सन मार्करले नै छुट्याउने गर्दछ । सोही अनुरुप क्युआर कोड स्क्यान सुरु हुन्छ ।
क्युआर कोडको मुख्य विशेषता भनेको हामीले क्युआर कोड स्क्यान गर्दा चारैतीरबाट अर्थात दायाँ बायाँ घुमाएर पनि स्क्यान गर्न सक्छौ । यस्तो कसरी हुन्छ र यसले कसरी जुनसुकै एङगलबाट क्युआर स्क्यान गर्छ ?
क्युआर कोड जुनसुकै एङ्गतबाट पनि स्क्यान हुनुको मुख्य विशेषता भनेको त्यसभित्र रहेको ‘अलाइन्टमेन्ट प्यार्टन’ हो । माथि उल्लेख गरेको तीन डिटेक्सन मार्कर जस्तै चौथौ कुनाभन्दा केहि भित्र रहेको हुन्छ ‘अलाइन्टमेन्ट प्यार्टन’ । यसले क्युआरलाई घुमाउदापनि सहि स्क्यान गराउँछ ।
क्युआर कोड मा कालो र सेतो डट जस्तै एउटै आकारका स–साना लाइनहरु हुन्छन् । जसलाई ‘टाइमिङ प्यार्टन’ भनिन्छ । यिनिहरुलाई डाटाको लोकेशन बताउने काम गर्दछन् । उक्त लोकेशनको आधारमा स्क्यानरले कस्तो प्रकारको डाटा कुन ठाउँमा थहाँ पाउछ ।
कालो र सेतो डटमा अर्को ‘फम्र्याट इर्फोमिशन एरिया’ रहेको हुन्छ । ‘फम्र्याट इर्फोमिशन एरिया’ मा ‘एरर करेक्शन किज’ र ‘मास्किङ प्यार्टन’ सँग सम्बन्धित डाटाहरु राख्ने कलम रहेको हुन्छ । ‘एरर करेक्शन किज’ मा क्युआर कोडको सम्युर्ण डाटाहरुको कपी राखिएको हुन्छ । जसलाई ब्याकअपको रुपमा प्रयोग गर्न सकिन्छ । यसबाट ३० प्रतिशत ध्वस्त भएको क्युआरकोडलाई समेत स्कयान गर्न सकिन्छ । र ‘मास्किङ प्यार्टन’ मा डाटा इनक्रिप्सन राखिएको हुन्छ । यसले समान्य रुपमा डाटाहरु कर्ता राखिएको छ भन्न कुरालाई थहाँ हुन दिदैँन ।
यसरी पहिले डिटेक्सन मार्करमार्फत स्क्यानरले कस्तो प्रकारको स्क्यान हो पत्ता लगाउछ । त्यसपछि त्यसको ‘टाइमिङ प्यार्टन’ मार्फत डाटाको स्थान पत्ता लगाएर हामीलाई स्क्यानको रिजल्ट दिने गर्दछ ।
सन् १९९४ मा जापानमा डेनीसो वेभ नामक अटोमेबाइल्स कम्पनीले आफ्नो लेबलीङमा ‘बारकोड’को रुपमा क्युआर कोडलाई पहिलोपटक प्रयोग गरेको थियो । यतिबेला जापानी अटोमोबाइल्स कम्पनीले अटोमोबाइल्स पार्टहरुमा बार कोडको प्रयोग गर्ने गर्दथ्यो । जसबाट गाडीका पाट्र्सहरुको बारेमा जानकारीहरु लिन सकिन्थ्यो ।
तर, सन् १९४८ मा नै पहिलोपटक ड्रेक्सेल युनिभरसीटिका एकजन विद्यार्थीले वस्तु तथा सेवाहरुको बारेमा जानकारी दिने बारकोड बनाइसकेका थिए । तर, बारकोडको प्रयोग सन् १९७० को दशकपछि भएको थियो । बारकोडमा सेतो र कालो धर्साहरुले पहिचान गर्न सकिने गरी सामानहरुको बारेमा जानकारी राखिएको हुन्छ ।
क्युआरकोड बारकोड को एक नयाँ संस्करण जस्तै हो । क्युआर कोडमा बस्तु तथा सेवाको जानकारी मात्रै नभएर नम्बर, भिडियो, फोटो लगायतका धेरै विवरणहरु राख्न सकिन्छ । यसलाई बारक कोड कै अपडेटेड भर्जन पनि भन्ने गरिन्छ ।