भौतिक पूर्वाधारमन्त्रीको बर्खास्ती माग्दै कास्कीबाट प्रधानमन्त्रीलाई अखिलले पठायो पत्र
पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेमार्फत अनेरास्ववियु कास्कीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको हो ।
प्रतिवेदन थन्काएर नराख्न र दोषीलाई कारबाही गर्नुपर्ने माग आफूहरूले राखेको अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलले बताए ।
ललितपुरको बालकुमारीमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मुख्य दोषी ठहर्याउँदै गत हप्ता प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।
१३ पुसको घटनामा प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
ओए हत्यारो मन्त्रि : राजिनामा दे !!