चुरेमा विस्फोट हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर – Nepal Press

चुरेमा विस्फोट हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

धनगढी । कैलालीको चुरेमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । दुई जना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

बुधबार  चुरे गाउँपालिका-३ मा जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको थियो ।

बीस्फाेटक पदार्थ पड्किदा जेसिबी चालकसहित ४ जना घाइते भएकाे कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा रकञ्चनपुरका नवीन देव अवस्थी छन् ।

उक्त विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।


प्रतिक्रिया

2 thoughts on “चुरेमा विस्फोट हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

  1. यो घटनाको जिम्मा माओवादीले लिनुपर्छ । यिनको कुकर्मको परिणाम अझै पनि जनताले भोग्नुपरिरहेको छ । आखिर दिल्लीकै दलाली गर्नु थियो त कुकर्म चाहिँ किन ?

  2. माओवादी का नेताहरूलाई अलिकति पनि लाजघिन छ हेर तिम्रो कर्तुत आज पनि जनताले शास्ती पाएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *