बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध – Nepal Press

बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्र्तगत बाँसगढी नगरपालिका कोषमा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बाँसगढी नगरपालिकाका तर्फबाट प्रमुख खडकबहादुर खड्काले संयुक्त रुपमा कोषको कार्यालय बबरमहलमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसै अवसरमा नगर प्रमुख खडकाले बाँसगढी नगरपालिकाले औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रका श्रमीक कोषमा आबद्ध हुनुपर्ने सम्बन्धमा जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रथम चरणमा नगरपालिकाले नगर क्षेत्रभित्र भित्र कार्यरत १०३ स्वास्थ्य स्वयंम सेविकालाई फागुन महिनाबाट नै लागू हुने गरि कोषमा जम्मा गर्नुपर्ने सम्पूर्ण योगदान रकम (३१ प्रतिशत) जम्मा गर्नेसमेत जानकारी दिए ।

साथै आगामी दिनमा क्रमिक रुपमा नगरक्षेत्र भित्र रहेको अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमीकलाई समेत आबद्ध गर्ने कार्यलाई अघि बढाउने समेत जानकारी दिए ।

त्यसै अवसरमा कोषका तर्फबाट कार्यकारी निर्देशक अधिकारीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउदैँ बाँसगढी नगरपालिकाको यस निर्णयले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।


प्रतिक्रिया

One thought on “बर्दियाको बाँसगढी नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *