मौसमले उडान प्रभावित : कतार एअरकाे जहाज १ घण्टादेखि आकाशमै
दिल्लीबाट आएको जहाज लखनऊ डाइभर्ट
काठमाडौं । प्रतिकूल मौसमका कारण कतारबाट नेपाल आएको जहाज १ घण्टादेखि आकाशमा ल्याण्ड गर्न नसकेर घुमिरहेको छ । त्यस्तै, आज अपरान्ह दिल्लीबाट काठमाडौँ आएको इण्डिगोकोको जहाज त्रिभुवन विमानस्थलमा ल्याण्ड हुन नसकेपछि लखनऊ डाइभर्ट गरिएको थियो ।
दोहाबाट नेपाल आएको कतार एअरवेजको क्युटीआर ६४६ जहाज आकाशमा घुमिरहेको हो । सो जहाज ४ बजेर २४ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले १ घण्टादेखि कतारबाट आएको जहाज आकाशमा घुमिरहेको र इण्डिगोकोको जहाज लखनऊ डाइभर्ट गरिएको बताए ।
झाले नेपाल प्रेससँग भने, ‘दिल्लीबाट आएको जहाज ल्याण्ड गर्न नसकेपछि लखनऊ डाइभर्ट गरियो भने कतारबाट आएको जहाज आकाशमा घुमिरहेको छ । आन्तरिक तर्फको जहाज ल्याण्ड गर्न खासै समस्या नभएको र अन्तर्राष्ट्रिय तर्फ समस्या भएको हो ।’
अहिले नेपालको काठमाडौंलगायत ठाउँमा पानी परिरहेको छ ।
थुक्क याे जहाजलाई भैरहवामा अवतरण किन न गराऐकाे बेईज्जती नेपाल सरकारले कडा ऐक्सन लिनुपर्छ खास गरेर सुदन किराँती ज्यु ले 🤬🤬